Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सन्यासी महिलालाई अनेक आक्षेप !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

अर्जुन राना,  आत्माम्बा इदमेक अग्रआसीत्।
ब्रह्मवा इदं अग्र आसीत् एकमेव।
सदेव सौम्य इदं अग्र आसीत्।
एकमेव अद्वितीयं ब्रह्मय्च।


नलेखुँ भनेको पनि कर्मकाण्डी पण्डितहरुले एउटा सन्यासी महिलालाई अनेक आक्षेप लगाई शंकराचार्यको पदविको लागी गृहस्थी जिवन नबिताएकाले अयोग्य छिन भनेर खोइरो खन्न थालेपछि  लेख्न बाध्य भएको छु ।

माथिको श्लोक आदी शंकराचार्य र विद्वान मण्डन मिश्रजिको शास्त्रार्थ पछि  मण्डन मिश्रको हार भएपछी कर्म मिमांशा त्यागेर सन्यासीभै अद्वेत वेदान्त अंगाल्नु अगाडी मिश्रजीले बोल्नु भएको थियो।


युधिष्ठिर संवत २६३२मा आर्यम्बा र शिवगुरुको सन्तानको रुपमा कलादि, केरलामा जन्मिनुभएका थिए शंकरस शंकरको प्रसाद भनेर बुवा शिवगुरुले नामपनी शंकर दिनु भएको थियो।

सानै देखी विलक्षण शंकर ८ वर्षको उमेरमा सबै वेदका ज्ञाता भैसकेका थिए१ सन्यास लिएर गुरु गोविन्द भागवद्पाद्कोमा शिष्य बन्न पुग्नुभयो जहाँँ शंकराचार्य पदवी पाउनु भयो। बनारस पुग्नु भयो, तत्कालिन व्याससँग शास्त्रार्थ गर्नुभयो। व्यास प्रभावित भएर कर्म मिमंशाका प्रतिपादक कुमारिल भट्ट भेट्न जानुभयो।

कुमारिल भट्ट गुरुलाई धोखा दिएर बौद्ध शिक्षा ग्रहण गर्न जानु भएकोू आत्मग्लानिले गर्दा आत्मदाह गर्दैगरेको बखत पुग्नुभयो जहाँ भट्टजीले मण्डन मिश्रसँग शास्त्रार्थ गर्न सुझाव दिनुभयो। मिथिला क्षेत्रमा आउनु भयो मण्डन मिश्रजी खोज्दैस ईनारमा पानी भर्दै गरेकी महिलाले संस्कृतमा जहाँ ढोकामा सुगा र मैना शास्त्रार्थ गरिरहेका हुन्छन्, त्यही मिश्रजीको घर हो भनिन।

श्राद्ध गरेको बखत पुगेका सन्यासी देखेर गाली गर्दै भिक्षा दिन खोजेपछी मलाई वाद 'भिक्षा'चाहिएको हो भनेपछि  शुरु भएको २१ दिन लामो शास्त्रार्थपछि  मिश्रजिकै श्रीमती उभया शारडा भारतिले अन्त्यमा शंकराचार्यलाई विजयी घोषित गरिन। र माथीको श्लोक मण्डन मिश्रजीले सन्यास ग्रहण गरेर शंकराचार्यको शिष्य बन्नु अगाडी भनेका थिए।


श्रीमानको हार भएपछि  शारडा भारतिले शंकराचार्यलाई उनको आधा मात्र जित भएको र अर्धाङ्गिनिलाईपनी हराएपछि  मात्र पुर्ण जित हुने भनेर आफै शास्त्रार्थ गरेकी र कामशुत्र विषयमा प्रश्न गरेकी थिइन। सन्यासी शंकराचार्यसँग सो प्रश्नहरुको उत्तर नभएको र जिवनमा नभोगेकोले १ महिना पछी बुझेर फेरी शास्त्रार्थ गर्ने भनेर निस्केका थिए।

शंकराचार्यले आफ्नो आत्मा मृत राजा अमरुकको शरिरमा पसाएर कामको अनुभव गरे भन्ने भनिन्छ तर फर्किदा उभया शारडा भारतिको मृत्यु भएकोले त्यस्को शास्त्रार्थ गर्नुपरेन भनिन्छ।

शायद श्रीमतिको मृत्युपछी मण्डन मिश्रलाई सन्यासको निर्णय लिन सजिलो भयो होला तर त्यसपछि  गृहस्थ जिवन त्यागी सुरेशाचार्यको रुपमा युधिष्ठिर संवत २६६४ देखी १४ वर्ष शृंगेरी शारडा पिठको शंकराचार्यको रुपमा रहनु भयो।


गृहस्थी जिवन नबिताएकाले  मात्र शंकराचार्य हुन पाउने भए यो कथालाई कसरी लिनु हुन्छ कि मान्नु हुन्न अन्य कर्मकाण्डी र मिमांशकहरु जस्तै अनि शंकराचार्यले यौन अनुभुती गर्न निस्किनु भएको विषयलाई के भन्नुहुन्छ हेमानन्द गिरिले यौन असन्तुष्टिको कारण सन्यास लिएको भन्ने तल्लो स्तरको भाषा प्रयोग गर्ने धर्मका ठेकेदारहरुले  शंकराचार्यले चाण्डाललाई बाटो छोड् भन्दा चाण्डालले शरिरले छोडुँ कि आत्माले छोडुूँ भन्दा शंकराचार्यले खुट्टा ढोगेका थिए दलितको भन्ने बुझुन मन्दिर भित्र छिर्न नहुने भन्ने धर्मका ठेकेदारहरुले।

आकारमा विभाजितभै एक आपसमा हिलो छ्यापा-छ्याप गरेर ईसाईहरुको खिसिको पात्र बन्नु भन्दा सबैले मिलेर धर्म परिवर्तनको चुनौती सामना गर्न आग्रह गर्न चाहन्छ सबै गुरुजनहरुमा यो हिन्दू मगरको बच्चा। 

यी लेखकका नीजि बिचार हुन् । - प्रधानसम्पादक


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan