Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुर्यास्तमा किशोर र अप्सराको रोमान्स

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । चलचित्र सुर्यास्तको आइटम गीतको छायांकन गर्दै चलचित्रको छायांकन सकिएको छ । आइटम गीतको लागि राजधानिको गंगबुमा रहेको एक रोधि घरमा आइटम गीत को छायांकन गरिएको हो ।

आइटम गीतलार्इ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकि अप्सरा रार्इ पहिलो पटक आइटम डान्स गरेकोले केहि गाह्रो भए पनि रमाइलो भइरहेको बताइन् ।

राज बस्न्यातको निर्माण निर्देशन रहेको यो चलचित्र सुर्यास्तमा किशोर खतिवडा, प्रज्वल गिरी, अप्सरा रार्इ, पनाह अधिकारी, रितेश श्रेष्ठ काजि रम्तेल लगायतका कलाकारको अभिनय रहेको छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र सुर्यास्तका गीतमा बिकाश चौधरी र जनम रार्इको संगीत रहेको छ । चलचित्रको कथा पटकथा पनाह अधिकारीले लेखेकि हुन् । चलचित्र मंसिरमा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan