Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिरामीको चाप बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ १ शुक्रबार | (रासस)
newsabhiyan

नेपालगञ्ज, १ भदौ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ ।

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार स्थापनाको डेढ महिनाको अवधिमा ५२२ बिरामीको उपचार गरिएको छ । बाँकेको खजुरामा रहेको उक्त क्यान्सर अस्पताल सरकारीस्तरबाट सञ्चालित चितवनको भरतपुरपछिको दोस्रो हो । सो अस्पतालको गत असार नौ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको थियो ।

अस्पतालले बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवा उपलब्ध गराइरहेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको सो अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गरेको छ ।

अस्पताल निर्माणमा रु ३५ करोड खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका बासिन्दालाई उपचार गर्न सहज भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan