Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल भाद्र २ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २ शनिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । भाद्र महिनाको  २ गते  शनिवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १८ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको अष्टमी । 

योगः ब्रह्म, २०ः१२ बजेपछि ऐन्द्र ।

नक्षत्रः  विशाखा, २१ः५३ बजेपछि अनुराधा ।

करणः भद्रा १७ः०६ बजे पछि बव ।

चन्द्रमाः  तुला राशिमा, १५ः४० बजेपछि बृश्चिकमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३६ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः३७ बजे ।

राहुकालः ०८ः५१ बजेपछि १०ः२९ बजेसम्म ।

यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पश्चिम दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन विपरितलिङ्गी तर्फको आकर्षण तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुनेछ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने कुरालाई पनि नकार्नसकिन्न । व्यवसायिक उन्नति हुनगइ बैंकब्यालेन्स तथा कोष बढ्नेछ । आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । व्यापारिक यात्राको संयोग जुट्नसक्ने सम्भावना छ । साँझपखबाट भने केही प्रतिकूल सामना गर्नुपर्नसक्ने सम्भावना छ । आज तपाईको लागि सात अङ्क, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने माँ जगतकालीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।   

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउन सकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्र क्रियाशील हुन थप हिम्मत र साहस बढ्ने छ । छ अंक हरियो रंगको प्रयोग र भगवान महावीर हनुमानको श्रद्धाभक्ति एवं स्तुति गर्नु आज तपाईको लागि शुभकर हुनेछ ।  

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन ज्ञानक्षमताको प्रयोग गर्ने अवसरले युक्त भएकोले विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । आज तपाईको विद्याबुद्धिको मान्छेहरुले प्रशंसा पनि गर्ने छन् । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ ।  व्यवसायिक पक्षपनि मज्बुत नै बनेर आउनेछ । क्रमशः पुरुषार्थ बढ्ने तथा विजय प्राप्त हुनेछ । पाँच अंक, रातो रङ्ग आज यहाँलाई फाप सिद्ध हुनेछ । पाँच अंक, रातो रंगको प्रयोग र माँ कालीको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ । 

 

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । अपयश तथा बाधाब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, हिम्मत नहार्ने र सत्नियतमा रहने तथा उपयुक्त उपाय अवलम्बन गर्ने गर्नाले अन्तिममा सफाइ र सफलता मिल्नेछ । केही संघर्ष एवम् अल्लि बढी मेहनतबाट केही फाइदा पनि गर्नसकिने छ । साँझपखबाट अनुकूलता बढ्नेछ । आमाको आर्शिवाद आज तपाईको लागि हितकर हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको कामलाई अगाडि बढाउने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । साँझपखबाट केही प्रतिकूलता बढ्ने र द्वन्द सृजना हुनसक्ने छ, सावधानी अप्नाउनु होला । तेस्रोक्रम, प्राकृतिक हरियो रङ्गको उपयोग आज तपाईको लागि उपयुक्त रहनेछ भने भगवान महाकालको भक्तिस्तुति गर्नु फापकर हुनेछ । 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन वाणीमा ओजस्विता एवम् माधुर्यताको विकास हुने ग्रहयोग परेको छ । समुन्नती हुने दिन परेकोले व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुनसक्ने छ । धुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ । मान्छेहरुलाई वाणी तथा प्रवचन–भाषण एवम् तर्कले प्रभाव पार्नसकिने छ र प्रशंसा पनि मिल्नेछ । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले तथा कसैकसैकोमा शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ । परपाहुनाको सेवासत्कारमा अल्लि व्यस्त पनि हुनपर्ने सम्भावना रहनेछ । शारीरिक फुर्ति एवं जोशजाँगर बढेर आउनेछ । शनिमहाकालको दर्शन भक्ति तपाईको लागि फापकर हुनेछ ।

 

 

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन लाभ एवम् सफलता हासिल गर्नसकिने छ । व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका कार्य बनाउन सकिने छ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । सौगात मिल्नसक्ने ग्रहगोचरीय सम्भावना छ । बोलीवचनबाट मान्छेलाई आकर्षण गर्नसकिने छ भने ढुकुटी बढ्नेछ । आज यहाँलाई एक अंक एवं रातो रङ्गको उपयोग शुभ रहने छ भने उपहारव्यवहार गर्ने र भगवान पवनपुत्र हनुमानजीको भक्तिभाव र दर्शन स्तुति गर्नु शुभप्रद हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । साँझपखबाट गोचरमा सुधार आउने र आकस्मिक लाभ एवं सफलता मिल्नेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक, पहेंलो रङ्गको प्रयोग र शनिमहाकालको दर्शनभक्ति तथा स्तुति उपाशना तपाईको लागि आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन विभिन्न खालको अबरोधको बाबजुत पनि कार्यक्षेत्रबाट आर्थिक लाभ गर्न सकिने गोचर परेको छ । अध्यनअध्यापन एवं लेखनजन्य कार्यमा पनि प्रगति हुने छ भने गृहस्थीहरुलाई सन्तानको पक्षबाट सन्तोषपूर्ण भूमिका निर्वाह हुनेछ । दिनको सदुपयोग गरी अधुरा रहेका कामहरुलाई पूरा गर्न आफ्नो कामलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । साँझपखबाट केही संघर्ष एवं व्ययभार बढ्नजानेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने अबरोध निवारणको लागि भैरवदेवको दर्शन, भक्ति तथा स्तुति गर्नु शुभकर हुनेछ ।

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आशा एवं आश्वासन मिल्ने छ । आफूबाट सम्पादन गर्न खोजेको विशेष काममा सफलता मिल्ने छ । मानसान बढ्ने र केही लाभ एवम् उपलब्धि प्राप्त हुनेछ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहज वातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ । औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्ने छ । आज तपाईले भगवान शनिमहाकालको सेवा दर्शनभक्ति एवं स्तुति गर्नु हितकर हुनेछ ।

 

 

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन भाग्यप्रद रहने छ । मनमा सात्त्विक विचारले प्रसय पाउनाले धार्मिक एवम् आस्तिक भावना बलियो हुनेछ । आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ भने  नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । मान र सान दुबै बढ्नेछ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने महावीर हनुमानजीको स्तुतिस्मरणको अभ्यासले थप सफलता दिन मद्दत हुनेछ ।

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन प्रतिकूल गोचर परेको छ । ग्रहले मानसिक अशान्ति तथा स्वास्थ्य समस्या बढाउने खालको स्थिति सृजना गर्न खोजिरहेको देखिन्छ । दीर्घ रोगीलाई बढीकष्ट हुनसक्ने छ । सर्वसाधारणलाई हतार गर्दा कार्यबाधा र खतिक्षति हुनसक्ने सम्भावना रहेकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल ग्रहप्रभावले सामान्यतया किंकर्तव्यविमूढताको अनुभूति हुनसक्ने छ संयमित रहनुपर्ला । साँझपखबाट गोचरमा सुधार आउने र केही सहज वातावरण सृजना हुनेछ । आज तपाईले आठ अङ्क, रातो रङ्गको प्रयोग र शनिदेवको श्रद्धाभक्ति तथा स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan