Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनले दिएको नर्सिङ छात्रवृत्ति रोकियो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ भदौ । चीन सरकारले उपलब्ध गराउँदै आएको नर्सिङ छात्रवृत्ति कोटा रद्द भएको छ । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले आफ्नो मान्छे पठाउन नपाएपछि कोटार रद्द गरेको आरोप नेपाल नर्सिङ संघले लगाएको छ ।

चीन सरकारलाई दुवै मन्त्रालयले पत्र पठाएर यही वर्षबाट कोटा रद्द गरिएको जानकारी गराएका छन् । 

नेपाली नर्सहरूको क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१७ देखि पाँच वर्षका लागि एमएसी ९मास्टर० अध्ययन गराउन नर्स लैजाने सम्झौता भएको थियो ।

दुई देशका सरकारबीच सन् २०१७ देखि २०२१ सम्म प्रत्येक वर्ष २५—२५ जना नर्स लैजाने सहमति थियो । तर, सम्झौताको एक वर्ष बित्न नपाउँदै अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोटा रद्द गरेका छन् ।

नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेलले कोटा रद्द हुनु दुःखद भएको बताइन् ।

कोटा रोकिएपछि कसरी पुनः सम्झौता अगाडि बढाउने भन्नेबारे चीन सरकारसँग संघले छलफल गरिरहेको उनले बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan