Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

६५ बर्षका बृद्धले गरे ४ बर्षिय बालिकालाई करणीको प्रयास

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २ शनिबार |
newsabhiyan

रबिन्द्र यादव,नवलपरासी,२ भदौ । नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका ९ मा एक वृद्धले ४ बर्षे बालिकालाई करणी गर्दै गर्दा रंगे हात पक्राउ परेका छन् । स्थानिय ४ बर्षिय बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाका आमाले देखेपछि ६५ बर्षिय दरोगा थारुलाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।

घटनाबारे थप अनुसंधान भईरहेको र बालिकालाई मेडिकल परिक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । घटनाबारे अनुसंधानका कार्य पुरा भए पछि मुद्दा अभियोजन गरिने छ । इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार सो इलाकामा एक बर्ष भित्र यो घटना सहित करणीका ८ वटा घटना भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan