Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साधीखोला पुलको आधा भाग बग्यो - तस्विर सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २ शनिबार |
newsabhiyan
newsabhiyan

देवराज सुवेदी,२ भाद्र ,सिन्धुपाल्चोक ।  अविरल वर्षापछि आएको बाढीले गएराति  बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुलको आधा भाग बगाएको छ ।

पुलको आधा भाग बगाएसँगै बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ ।

खोर्सानीबारी नजिकै साधीखोलामाथिको पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालय बाहबीसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।

पुल क्षतिग्रस्त भएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

प्राविधिकहरु आएर पुलको निरीक्षण गरेपछि मात्रै यातयात सञ्चालनबारे यकिन गर्न सकिने बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । पुलमा क्षति भएपछि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको पनि मेयर शेर्पाले जानकारी दिए ।

पुलको दुवैतर्फको जप आधा सरेपछि नेपाल–चीन सीमा आसपासका स्थानीय समस्यामा परेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan