Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साठी किलो चरेशसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार |
newsabhiyan

दाङ, ३ भदौ (रासस) । जिल्ला प्रहरी कार्यालय दाङले ६० किलो लागूऔषध चरेशसहित पक्राउ परेका पाँच जनालाई आज साँझ सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका स्थायी घर भई हाल घोराहीमा बस्ने ३० वर्षीया रुपा घर्ती, रुकुम भूमे गाउँपालिका–२ बस्ने २७ वर्षीया सपना पुन र सोही ठाउँकै ध्रुवजङ्ग बुढा रहेका छन् ।

जिप्रका दाङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुभएको हो । मुसीकोट नगरपालिका–११ का ४५ वर्षीय प्रेमबहादुर घर्ती र सल्यान दार्मा चौर गाउँपालिका–५ का ३५ वर्षीय डिल्लीराज चन्द रहेका छन् ।

विशेष सुराकीका आधारमा उनीहरुलाई शुक्रबार र शनिबार जिल्ला प्रहरी कार्यालय दाङको टोलीले लमही नगरपालिका–९ को अमेलीयामा लागूऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा पक्राउ गरेको पत्रकार प्रहरी प्रमुख पोख्रेलले जानकारी दिनुभयो । पक्राउ परेकालाई लागूऔषध चरेश कारोवार मुद्दा शीर्षकमा कारवाहीका लागि अगाडि बढाइसकेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan