Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसपीलाई गुम्राहमा राख्दै,अशुल्दै, महेशपुर पत्तारमा प्रहरी निरीक्षक यादवको अशुली धन्दा,नियमक निकाय रमिते !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, सिरहा, ३ भाद्र । जिल्लाको ईलाका प्रहरी कार्यालय महेशपुरपतारको अशुली काण्डमा कहिल्यै ब्रेक नलाग्ने देखिएको छ । कार्यालय प्रमुख रबि भूषण प्रसाद यादवको कमजोर कमान्डका कारण सो, मातहतका प्रहरी कार्यालयमा अशुली काण्डले थप निरन्तरता पाउदै गएको हो ।

यादवको अशुली काण्ड बारे आइतबार मात्रै गृहमन्त्रालय र प्रहरी मुख्यालयको उजुरी शाखासम्म कुरो पुगिसकेको स्रोतले बताएको छ । स्रोतका अनुसार उजुरी प्राप्त भएलगत्तै जिल्लाको महेेेशपुरपत्तारका प्रहरी प्रमुख यादव र अर्का घुमुवा प्रहरी हवल्दार रघुनन्द यादवमाथि आवश्यक रूपमा छानबिन गर्ने तयारीमा रहेको समेत स्रोतले बताएको छ ।

काण्डै काण्डमा मुछिए प्रहरी निरीक्षक यादव ?
१. यस अगाडि हामीले बि . सं २०७४ फागुन ०८ गते इलाका प्रहरी कार्यालय महेशपुरपत्तारमा सरुवा भइ आएका प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादवको बिषयमा उनलेे गरेका कर्तुतका बिषयमा छताछुल्ल पारेका थियौं ।

सरुवा भइ आएको २० दिन नबित्दै सोही महिनाको २६ गते राती सिरहा नवराजपुर गाउँपालिका वर्डा नम्बर ४ नहमियाँ टोलका अन्दाजी बर्ष ३० को एक महिलालाई ( सन्त ) भन्ने बाबा सुगनारायण दासले यौन शोषण गरेको र उक्त घट्नामा संलग्नलाई गाउँलेले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको अवस्थामा निजले अभियुक्तहरूलाई कार्वाही बिना नै छाडिदिएको घट्नाबारे हामीले पर्दाफास गरेका थियौं । सो क्रममा आरोपित भनिएका दासले घट्नाबारे प्रहरी समक्ष यौनशोषण गरेको भनी स्वीकार समेत गरेको अवस्थामा किन उन्मुक्ति दिए त्यो हाम्रो चासोको बिषय बन्न पुगेको थियो ।

उनलाई ईलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक यादवले यौन दुराचार गरेको प्रमाणसहित गाउँलेहरुले प्रहरीलाई बुझाएको अवस्थामा समेत गल्ती ढाकछोप गर्नतर्फ लागेका प्रहरी निरीक्षक यादवले आरोपितलाई कठघरामा उभ्याउनुको सट्टा ५० हजार रुपैयाँको आर्थिक लेनदेनमा उन्मुक्ति दिएर रामजानकी मन्दीरका पुजारीलाई जग्गा मन्दीरको नाममा समेत पास गर्न लगाइ कुनै मुद्दा दर्ता नै नगरी उन्मुक्ति दिएको बिषयमा गताङ्कमा हामीले खबर सम्प्रेषण गरेका थियौं ।

र, अहिले उक्त घट्नाको बिषयमा हामीले खबर सम्प्रेषण गरेपछि कार्वाहीमा पर्ने हो कि भन्ने डर त्रासमा रहेका प्रहरी निरीक्षक यादवले नवराजपुर प्रहरी चौकीको सहयोगमा  घट्नामा संलग्न आरोपितलाई तत्कालै नियन्त्रणमा लिइएको छ । अहिले सन्त भन्ने पुजारी ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारमा तारेख धाइरहेका छन् । र, त्यसमा पनि उनलाई बचाउने खेल खेलिरहेका छन् : प्रहरी निरीक्षक यादवले । स्रोतले दिएको जानकारी अनुसार उनलाई कसैले केही सोधेँ घट्नाबारे केही नभएको र आफ्नु यस्मा कुनै पनि संलग्न नभएको भनी बताउन लगाइएको छ ।

पीडित भनिएका महिला लाई समेत डर त्रासमा राखी उनलेे आफूलाई कसैले करणी नगरेको र यस्मा कुनै पनि सत्यता नभएको भनी जवाफ दिन समेत पीडितलाई प्रहरी निरीक्षक यादव स्वयंलेे नै दबाब दिइरहेको स्रोतले जनाएको छ । अहिले पक्राउ परिएका भनिएका सन्तु प्रहरी नियन्त्रणमा नभइ कुन अवस्थामा कसलाई के भन्नुपर्छ भन्ने सम्बन्धमा पाठ पढाउन उनलाई कार्यालय झिकाइएको र पुनः ७ घट्ना पछि घर फिर्ता पठाइने गरेको स्रोतले दाबी गरेको छ ।

२. उनै प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादवले २०७४ चैत २८ गते रातीको अन्दाजी २०:३० बजेको समयमा सिरहा नवराजपुर गाउँपालिका वर्डा नम्बर ३ स्थितमा रहेको फुलवारीया मुसहरीया टोलस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ गइरहेको ( माटो लोड गरेको ) स. १. त २३४७ नम्बरको ट्याक्टरले ऐ.ऐ. ३ बस्ने रामदयाल यादवको छोरी अन्दाजी बर्ष ७ को करीमा कुमारी यादवलाई बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिई घट्नास्थलमै मृत्यु भएको र प्रहरीकै सहयोगमा चालक फरार भएको भन्ने बिषयमा साउन २१ गते खबर प्रकाशित भएपछि ठक्कर दिने चालक अहिले ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारको नियन्त्रणमा छ र त्यहाँ निज चालकलाई प्रहरीले मुद्दा चलाएको छ । घट्ना घटेको ४ महिना बितिसक्दा समेत ट्याक्टर चालक प्रहरी नियन्त्रणमा नआएको बिषयमा हामीले साउन २१ गते सोमबार पाठकमाझ यस्को पर्दाफास गरेका थियौं ।

हामीले उक्त समयमा सिमा प्रहरी चौकी झाजपट्टीले ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारका कार्यालय प्रमुख प्रहरी निरीक्षक यादवलाई सवारी नियन्त्रणमा लिएर बुझाएको अवस्थामा उनै घुस्याहा प्रहरी प्रमुखले मुद्दा दर्ता नगरी ( १,५०,००० ) रुपैयाँको बार्गेनिङ गरेर गाउँघर टोल र छरछिमेक सहित पीडितलाई समेत दबाबमा एवं दमन गरेर जवरजस्ती मिलापत्र गरेको र यस अगाडि संघीय प्रहरी इकाई राजबिराजमा रहदा समेत जिल्लाका विभिन्न घुमुवाहरुलाई बोलाइ रक्सी, काजु किन्न लगाइ पाँच हजार रुपैयाँसम्म खर्च गराइ पठाउने गरेको भन्ने बिषयमा अर्को एक खास खुलासा गरेपछि आफू फस्ने डरले उनलेे सेटिङ्गमा ट्याक्टर चालकलाई पक्राउ गरी मुद्दा चलाएको महेशपुरपत्तार प्रहरी स्रोत बताउँछन् ।

स्रोतले दिएको जानकारी अनुसार प्रहरी निरीक्षक यादव घुस भनेपछि मरिहत्ते नै गर्छन् । उनलाई घुस नखाइ निन्द्रा नै नलाग्ने गरेको समेत समाचार स्रोत बताउँछन् । यस बिषयमा प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादव समक्ष समेत हामीले जवाफ मागेका थियौं र सो क्रममा उनलेे आफ्नु बचाउ समेत धेरैपटक गर्ने प्रयास गरेका थिए । हामीले तपाईंले पैसा खाएर अपराधी छाड्नुहुन्छ रे नि हो भनी जिज्ञासा राख्दा उनलेे त्यसो नभएको उल्लेख गरे ।

र, अर्को एक जिज्ञासामा उनलेे हासेर नै उडाइदिएका थिए । उदाहरण स्वरुप यी दुई घट्नामा मानिस किन पक्राउ परेनन् ? हामीले खबर संकलन गरेपछि मात्रै निजलाइ किन पक्राउ गरियो भन्ने जिज्ञासामा उनलेे उनीहरु फरार सुचीमा रहेको र पछि पक्राउ परेको भनी हास्यास्पद एवं गैरजिम्मेवार एवं नालायक जवाफ दिएका थिए । खबर संकलनको साथसाथै हामीले उनीहरुको पर्दाफास एवं उजागर गर्न थालेपछि मात्रै उनलेे आफू फस्ने पक्कापक्की भएपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी पठाइएको दाबी स्वयं प्रहरी स्रोत नैै गर्छ । प्रहरी मुख्यालयलाई गुम्राहमा राख्ने उद्देश्यका साथ प्रहरी निरीक्षक यादवले ती दुबै घट्नामा संलग्न मानिसहरु फरार भएको जतिसुकै दाबी गरेपनि घट्ना उनलेे भनेजस्तो थिएन ।

यदी उनी फरार नै भएको भए हामीले खबर संकलन गरेपछि उनी लुक्नुको सट्टा उल्टो प्रहरी समक्ष कसरी पुगे, अनि प्रहरीले उनलाई कसरी नियन्त्रणमा लिन सफल भयो यो आश्चर्यको बिषय बन्न पुगेको छ । हामीले समाचार मार्फत प्रहरी निरीक्षक यादवका सबै कर्तुतहरुको पर्दाफास गरेपछि त्यस्को एक साता पनि बित्न नपाउदै निजहरू आरोपितलाई नियन्त्रणमा लिइ प्रहरीले महेशपुरपत्तारमैै मुद्दा चलाएको छ । कानुनको रखवाला गर्नुपर्ने प्रहरी घुसमा यतिसम्म लिप्त छन् कि विभिन्न घट्नामा संंलग्न मानिस पक्राउ गर्नुको सट्टा जति हुन्छ पैसामा बार्गेनिङ गर्न अग्रसर देखिन्छन् । जुन महेशपुरपत्तार प्रहरीको हकमा लागू भइसकेको छ ।

३. गएको साउन २५ गते सोही प्रहरी कार्यालयका प्रहरीको टोलीले चोरीको आरोपमा शंकास्पद रहेका चार जोडीलाई नियन्त्रणमा लिइ अनुसन्धान पश्चात २८ गते सोमबार जनही २७ हजारका दरले रकम लिइ अभिभावकको जिम्मामा रिहा गरेका छन् । चोरीमा संलग्न नै नभएका मानिसहरूलाई वर्डा नम्बर ३ का वर्डा अध्यक्ष हनुमान मण्डल र प्रहरी निरीक्षक यादवको प्रत्यक्ष मिलेमतोमा सुनियोजित ढंगले नियन्त्रणमा लिएर पछि कानुनी कार्वाही नै नगरी हचुवाको भरमा २७ हजार रुपैयाँ लिइ उन्मुक्ति दिएका छन् ।

४. साउन अन्तिम साता नै लक्ष्मीपुरपतार गाउँ वर्डा नम्बर २ बस्ने पोखरबिन्दा बस्ने बिष्णु यादव बर्ष ३२ को लाई पक्राउ गरी ४ दिन हिरासतमा राखी कार्वाही नै नगरी छाडिदिएका छन् । अज्ञात ब्यक्तिबैं कबाट पिछा गरी आफ्नु दुई लाख रुपैयाँ लुटिएको भनी एक महिलाले उजुरी हालेको सम्बन्धमा पीडकले उक्त घट्नामा आफ्नु संलग्नता भएको भनी स्वीकार गरेको अवस्थामा समेत चोरी अन्तर्गतको मुद्दा दर्ता नै नगरी पीडितलाई एक लाख रुपैयाँ र प्रहरीलाई ५० हजार रुपैयाँ दिने सर्तमा कार्वाही नै नगरी उन्मुक्ति दिएका हुन् ।

५. सोही कार्यालयको मातहतमा रहेको जानकीनगर, कस्मारी , झाजपट्टी अन्तर्गतको सिमा नाकामा रहेको प्रहरी चौकीमा समेत अशुली आतंक बढ्दो छ । त्यहाँको बरियारपट्टी ५ जानकीनगर बस्ने भगवानलाल साहले भारतको लदनियाँ बजारबाट हार्ड्वेयर , मोटर्सपार्स र खैनी कटाएर दसगजा जोडिएको गाउँ गरम्मा ल्याइ स्टोरमा जम्मा गर्छ त्यसपछि ट्याक्टरबाट महेशपुरपत्तार हुँदै मोटरसाइकलमा रातीको १० बजेपछि सिधैं थानाको चोरबाटो हुँदै तस्करीका समान भित्रीने गरेको छ । तस्करी गराएबापत उनलेे ईलाका प्रहरी कार्यालय महेशपुरपत्तार का बदनाम घुमुवा प्रहरी हवल्दार रघुनन्द यादवलाई मासिक रूपमा २५ हजार रुपैयाँसम्म रकम दिने गरेका छन् । हवल्दार यादवको दरबन्दी प्रहरी चौकी झाजपट्टी भए पनि झन्डै दुई बर्षदेखि उनी त्यहीँ कार्यालयको सादा पोशाकमा खटिएका बदनाम प्रहरी कर्मचारी हुन् । अर्का जोगीन्द्र , गुरुदेव र सिकेन्द्र यादव साथै देवीन पासवान , आशान चौधरी लगायतले समेत उनै प्रहरी हवल्दार रघुनन्द यादवलाई झन्डै जनही ७ - ७ हजार रुपैयाँ दिई मोटरसाइकल मार्फत रजनीगन्धा , दूध पाउडर र राज निवास पान लगायतका सामान भारतबाट नेपाल ल्याउने काम गर्दैआएका छन् । त्यस्तै, कृष्णदेव भन्ने महाराजी यादवले नेपालबाट बालुवा, ढुंगा, गिट्टी भारततर्फ कटाउने साथै एलभेस्टर र हार्ड्वयर भारतबाट नेपाल तर्फ ल्याउने गरेका छन् ।

तस्करी गराएबापत उनलेे हवल्दार यादवलाई महिनावारी ३० हजार रुपैयाँँ उपलब्ध गराउने गरेका छन् । त्यस्तै, झाजपट्टीबाट आनन्द यादव, बद्री यादव, मनोज यादव (नेपाली कांग्रेसको वर्डा अध्यक्ष ) भारतको तिर्थ यादव , पप्पु यादव लगायत समेतले मोबाईल, मरिच, स्याउ, ट्याक्टरमा लैजाने गरेका छन् भने कपडा, चिनी भारतबाट ल्याउनेसम्म गरेको छ । प्रत्येक तस्करहरुले जनही ३० हजारको दरले प्रहरी हवल्दार रघुनन्द यादव र प्रहरी जवान रेमलाल राजबंशीलाई बुझाउने गरेका छन् । त्यसबाट उठेको रकमको केही हिस्सा प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादवलाई प्रहरी हवल्दार रघुनन्द यादवले बुझाउने गरेको समेत स्रोत दाबी गर्छ ।

को हुन् प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादव ?
ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारका कार्यालय प्रमुख रबि भूषण प्रसाद यादव घुस भनेपछि मरिहत्ते नै गर्ने प्रहरी अधिकृतका रूपमा संगठनमा कहलिएका ब्यक्ति हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय पर्सामा सइ दर्जामा हुँदा समेत आर्थिक काण्डमा मुछिएका उनी पर्साको घुमुवामा कार्यारर्त रहदा समेत अशुली काण्डमा तानिएपछि उनलाई प्रहरी मुख्यालयले निलम्बन गरेको थिए । निलम्बनमा परेका उनलाई कार्वाही पछी मुख्यालयले भोजपुरमा काज खटाइएको थियो । र , उनी एक बर्ष भोजपुरमा हुँदा समेत उनको ब्याबहारमा कुनै परिवर्तन आएनन् । संगठनमा अस्वच्छ भुमिका खेल्ने र पैसाको लागी जे पनि गर्ने उनी त्यसपछि प्रहरी निरीक्षकमा बढुवा भए र संघीय प्रहरी ईकाइ कार्यालय राजबिराज पुगे । त्यसपछि उनलाई दुई नम्बर प्रदेश प्रहरी कार्यालयले फागुन, ०८ २०७४ मा चलानी नम्बर १९५ अनुसारको फिर्ता रवाना गरि पठाइएको भनी नयाँ चलानी नम्बर ५३७ उल्लेख गरेर पठाइए पनि अझैसम्म उनी सुध्रन सकेका छैनन् । जुन ४ महिनाको घट्नाक्रमले नै पुष्टि गर्दछ ।

पत्रकार प्रनिश थापा को हो भन्दै खोजीमा प्रहरी 
यसैबीच , हामीले साउन ५ र साउन २१ गते दुई पटक खबर सम्प्रेषण गरेपछि ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारका प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादवले कार्यालयका घुमुवा प्रहरी हवल्दार रघुनन्द यादवलाई परिचालन गरि पत्रकार भनिएका प्रनिश थापा कहाँ छन् ? खोजेर ल्याए भनी पठाउने गरेको खुल्नमा आएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार प्रहरी निरीक्षक यादवले गरेका संगठन बिपरितका कालाकर्तुतका बिषयमा छताछुल्ल पारेपछि थप घट्नाबारे पर्दाफास नहोस् भनी साउन २२ गते मंगलबार देखी प्रहरी हवल्दार रघुनन्द यादवलाई खोज्न पठाइएको समाचार स्रोतले बताएको छ । स्रोतले दिएको जानकारीअनुसार प्रहरी निरीक्षकबाट आदेश पाएपछि विभिन्न ब्यक्तिहरुलाइ तपाईंले प्रनिश थापालाई चिन्नुहुन्छ भनी अनावश्यक तनाव समेत दिइएको पाइएको छ ।

प्रहरी निरीक्षक यादवले बिगत १० दिन देखी सिरहा जिल्लामा अशुली काण्ड मच्चाउने गरेको पाइएको छ । त्यस्को पर्दाफास गर्न थालेपछि प्रहरी निरीक्षक यादवले हवल्दार रघुनन्द यादव प्रयोग गरेर खोज्न पठाइएको समेत खुल्नमा आएको छ । यस बिषयमा संबाददाता थापाले आफ्नु पर्दीय मर्यादाको उपाहास गर्दै खबर संकलन गरेकै आधारमा एउटा अपराधीक जस्तो ब्यबहोरा देखाइ खोज्न प्रहरी हवल्दार  पठाउने र निजले गरेको अशुली धन्दाका बारे घट्नाउपर निजलाइ प्रहरी मुख्यालय नै झिकाइ अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार बिहान उजुरी दिएका छन् ।

एसपीलाई गुम्राहमा राख्दै, अशुल्दै प्रहरी निरीक्षक यादव ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठ स्वच्छ प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । घुस भनेपछि आफू पनि नखाने र कसैले खाएको देखे अन द स्पोर्ट्स कार्वाही गर्ने एसपी श्रेष्ठ प्रहरी अधिकृत मै राम्रो अफिसरका रूपमा चिनिने अधिकृत हुन् । तर, केही प्रहरी यस्ता पनि छन् । जो आफुले लुट्न नपाएपछि एसपी कै खुराक पनि गर्न पनि पछि पर्दैनन् ।

संगठनलाई स्वच्छ एवं पार्दशी बनाउनुपर्छ भन्ने मानसिकताका साथ सदैव अघि बढ्ने एसपी श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारका प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादव र प्रहरी हवल्दार रघुनन्द यादवले रघिको टोकरीमा मिल्काइदिएका छन् । एसपी श्रेष्ठले इमान्दारीका साथ कामकारबाहीमा लाग्न मातहतका इकाईलाई बारम्बार निर्देशन त दिन्छन् तर, मतियार बन्न पुगेका दुई प्रहरीद्वय उनको निर्देशनलाई कहिल्यै टेर पुच्छर नै लगाउदैनन् । फलस्वरूप, उनी समेत बिवादमा तानिने लगभग पक्कापक्की रहेको स्रोत जनाउँछन् । स्रोतले दिएको जानकारी अनुसार बदनाम प्रहरीलाई हटाउने हो भने जिल्ला अटो मेटिक सुध्रिन्छ तर, यस्तै हो भने भन्न सकिदैन ।

स्रोतले भन्यो, जिल्लाका बदनाम प्रहरीलाई दरबन्दीमा फिर्ता पठाइ नयाँ घुमुवा परिचालन गरे एसपी साब बिवादमा पर्नुहुँदैन । तर, पुरानो घुमुवालाइ नै निरन्तरता दिइने हो भने उहाँ बिवादमा पर्नु हुन्छ ।  

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan