Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनसांस्कृतिक महासङ्घः सबै घटकका अध्यक्ष चयन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपालको मूल नेतृत्वबाहेक सबै घटकको नेतृत्व टुङ्गिएको छ ।

महासङ्घअन्तर्गतका सात घटकको नेतृत्व टुङ्गिए पनि महासङ्घको नेतृत्वमा भने सहमति हुन नसकेको कार्यदलका सदस्य सरल सहयात्रीले जानकारी दिनुभयो । एकताअघि नै दुई वटै सङ्गठनको नाम एउटै भएकाले नाममा विवाद रहेन ।
महासङ्घको नेतृत्वमा खगेन्द्र राई र सरल सहयात्री रहनुभएको छ । राईले नेतृत्व चयन गर्ने जिम्मा पार्टीलाई दिइएको जानकारी दिनुभयो । जनसांस्कृतिककर्मी सङ्घका अध्यक्षमा कर्णबहादुर परियार, जनसांस्कृतिक लेखक सङ्घका अध्यक्षमा राम विनय, चलचित्रकर्मी सङ्घ नेपालका अध्यक्षमा दिनेश डिसी र ललितकला परिषद्का अध्यक्षमा देवेन्द्र थुम्केली सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै लोकबाजा तथा बहुभाषा परिषद्का अध्यक्षमा डा मधुसूदन गिरी, समाज अध्ययन परिषद्का अध्यक्षमा डा भिक्टर प्रधान र जननाट्यकर्मी सङ्घ नेपालका अध्यक्षमा पुष्प आचार्य रहनुभएको छ ।
यसैगरी अखिल नेपाल महिला सङ्घ र अनेमसङ्घ (क्रान्तिकारी)बीचको एकतामा पनि नेतृत्व, नाम र केन्द्रीय कमिटीमा विवाद देखिएको छ । कार्यदलका सदस्य गोमा देवकोटाले तीन उपसमिति गठन गरेर काम भइरहेको भन्दै नेतृत्व र सङ्गठनका नाममा सहमति नभएको बताउनुभयो । उहाँका अनुसार चाँडै सहमति गरेर प्रतिवेदन बुझाइने छ । एकताका लागि गठीत कार्यदलले साउन मसान्तसम्म एकताको प्रतिवेदन पार्टीलाई बुझाउने भने तापनि अहिलेसम्म केहीले मात्र बुझाएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते पार्टी एकता भएपछि तीन महीनाभित्र जनवर्गीय सङ्गठन एकता गर्ने भनिएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan