Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भूटानमा अक्टोबर १८ निर्वाचन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार |
newsabhiyan

थिम्पु, भूटान, ३ भदौ (रासस÷सिन्ह्वा) : भूटानको निर्वाचन आयोगले आगामी अक्टोबरमा आम निर्वाचन गर्ने घोषणा गरेको छ ।

उक्त निर्वाचनपूर्व भूटानमा राजनीतिक पार्टीको मान्यता पाएका चार दलमध्ये आगामी सेप्टेम्बर १५ मा पहिलो चरणको निर्वाचन हुनेछ जसबाट दुईवटा दलमात्र अर्को चरणका लागि चयन भएर आउने छन् ।
भूटानमा राजाको सहमतिमा निर्वाचन आयोगका प्रमुखले टेलिभिजन कार्यक्रममार्फत निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।
भूटानको निर्वाचन ऐनको खण्ड १८९ ले आम निर्वाचनलाई प्रारम्भिक र जनरल गरी दुई चरणमा गर्ने व्यवस्था गरेको छ । प्रारम्भिक चरणमा निर्वाचन आयोगबाट मान्यताप्राप्त सवै दलले प्रतिस्पर्धा गर्न पाउँछन् भने यसबाट छानिएका दुई दलले अर्को चरणमा निर्वाचन लड्नका लागि योग्य हुन्छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan