Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश नं ३ र गण्डकी प्रदेशको प्रतिवेदन पेश

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ ३ भदौ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को गण्डकी प्रदेश र प्रदेश नं ३ को गठित कार्यदलले आज प्रतिवेदन बुझाएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेललाई दुवै प्रदेशका कार्यदलका सदस्यले प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश नं ३ का तर्फबाट एकताका लागि गठित कार्यदलका अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहालको कार्यदलले प्रदेश कमिटी, जिल्ला कमिटी र केन्द्रीय सल्लाहकारसहितको नामावली बुझाएको हो ।

प्रदेश नं ३ को २१७ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ । कार्यदलका सदस्य अधिकारीका अनुसार प्रदेशमा रहेका १३ जिल्लामध्ये आठ पूर्वनेकपा ९एमाले० र पाँच जिल्ला पूर्वनेकपा ९माआवादी केन्द्र० नेतृत्व बाँडफाड गरिएको छ ।

पूर्व एमालेको भागमा काठमाडौँ, ललितपुर, सिन्धुपाञ्चोक, रसुवा, दोलखा, धादिङ, मकवानपुर र भक्तपुर रहेका छ भने पूर्व माओवादी केन्द्रको भागमा चितवन, काभ्रे, सिन्धुली, रामेछाप र नुवाकोट रहेका छन् ।

यस्तै गण्डकी प्रदेशका एकता कार्यदलका किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारीले महासचिव पौडेललाई प्रतिवेदन बुझाउनु भएको हो ।
प्रतिवेदनमा प्रदेश कमिटी, जिल्ला कमिटी र केन्द्रीय सल्लाहकारमा रहनेको नामावली रहेको कार्यदलका सदस्य पाण्डेले जानकारी गराउनुभयो । उहाँका अनुसार १८७ प्रदेश कमिटीमा १०२ पूर्वनेकपा ९एमाले० र ८५ जना पूर्वनेकपा ९माआवादी केन्द्र० को प्रदेश कमिटी रहेको छ ।

यसैगरी जिल्ला कमिटीको नेतृत्वमा सहमति हुन नसक्दा केन्द्रलाई नै सहमति गर्न पठाइएको छ । नेकपाको एकता भएपछि पार्टीले साउन मसान्तसम्म एकताको प्रतिवेदन बुझाउन भने तापनि आइतबार मात्र प्रदेश नंं ३ र गण्डकी प्रदेशले प्रतिवेदन बुझाएका हुन् । यसअघि कर्णाली र प्रदेश नंं ५ ले प्रतिवेदन बुझाइसकेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan