Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल भाद्र ४ गते सोमवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ४ सोमबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । भाद्र महिनाको ४ गते  सोमवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको २० तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको नवमी, ०५ः५३ बजेपछि दशमी । 

योगः वैधृति, १९ः१९ बजेपछि विष्कुम्भ ।

नक्षत्रः  ज्येष्ठा ।

करणः कौलव, ०५ः५३ बजेपछि तैतिल, १८ः२३ बजेपछि गर ।

चन्द्रमाः  बृश्चिक राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३७ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः३६ बजे ।

राहुकालः ०७ः१४ बजेपछि ०८ः५२ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पश्चिम दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने छ तथा औषधोपचारमा खर्च बढ्नसक्ने छ । त्यस्तै कार्यमा बाधाब्याबधान आइलाग्ने तथा ठूलो श्रम खर्च गर्नुपर्ने हुनसक्ने छ । ईज्जत–प्रतिष्ठामा चुनौती थपिनसक्ने छ, विरोधिपक्षसँग पनि सावधानी रहनु पर्नेछ । मानसिक चञ्चलता र वैगुणी प्रेमसम्बन्धको यादगारले सताउनसक्ने छ । आवश्यकभन्दा बढी सरोकार राख्नाले नसो“चेको झमेलामा फसिन पनि सक्ने छ ख्याल पुर्याउनु पर्ला । उपर्युक्त प्रतिकूलताको बाबजुत मानसिक एकाग्रतापूर्वक आफ्नो कार्यलाई समय दिनाले आकस्मिक रुपमा केही उपलब्धि एवं लाभ पनि हुनेछ ।

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक सुख सुविधा एवम् सेवा सत्कार मिल्ने खालको रहेको छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने सम्भावना छ । देश तथा विदेशको यात्राको पनि संयोग देखिन्छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने विपरित लिङ्गिसँगको समन्वयात्मक कार्य फापसिद्ध हुनसक्ने छ ।

 

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न सकिन्छ । आरोग्यता मिल्ने र कान्तिमा बृद्धि हुनेछ भने शत्रुका विरुद्ध वचस्व कायम गर्न सकिने छ । अवसर तथा समयको सदुपयोग गर्ने चेष्टा बढाएमा प्रतिस्पर्धामा विजयी भइने र सफलता हात लाग्नेछ । लक्ष्मीकृपा बढ्ने योग परेकोले व्यवसायिक कार्यक्षेत्रबाट पनि राम्रो आर्थिक उपलब्धि गर्न सक्नुहुने छ । विपक्षिको सम्मान गर्न जानेको खण्डमा यहाँको ईज्जत बढ्ने छ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने भगवान गौरीशङ्करको स्तुति एवं दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन उपलब्धिमूलक रहनेछ । भलै प्रयत्न गरेकै पक्षमा उपलब्धि नआएपनि प्रकारान्तरले ज्ञानविज्ञाको क्षेत्रमा सफलता मिल्नेछ । नीति तथा सैद्धान्तिक पक्षको प्रयोगात्मक व्यवहारमा प्रगति हुनेछ । तथापि उन्माद शैलीको विकास हुने सम्भावनालाई गोचरले संकेत गरिरहेको देखिन्छ । कसैकसैलाई आत्मप्रशंसा आसक्तिको मानसिकता बढ्ने र गोपनीयता खुस्कनसक्ने सम्भावना पनि देखिएको छ । विद्याविलास तथा तर्कबलले बढी प्रसय पाउने र वाक कलाबाट सर्वसाधारणलाई आकर्षण गर्न सकिने छ । आज तपाईँलाई भगवान शिवको स्तुतिध्यान तथा उपाशना गर्नु फापकर हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्नसक्ने छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइनसक्ने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले  बैठक आदिमा नयाँ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिएला । आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद थाप्नु तपाईको लागि आज शुभकर हुनेछ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन पराक्रम गर्नसकिने र सुखद एवम् अनुकूल रहनेछ । शारीरिक स्फुर्ति बढ्ने हुनाले पौरख गर्न सकिनेछ । काममा मनग्य रुचि बढेर आउनाले रोकिएर रहेका काम पूरा गर्न सक्नुहुने छ । महत्त्वपूर्ण काममा सहयोग पनि मिल्नसक्ने छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने छ । व्यवसायिक कामबाट आर्थिक लाभ हुनसक्ने लक्षण प्रतित भइरहेको छ । सहयोगी हातहरु पनि जुट्ने छन् भने मान्छेहरुबाट तपाईँको  क्रियाशिलताको प्रशंसा पनि मिल्नेछ । आज यहाँको लागि तीन अङ्क र  हरियो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ भने भगवान आसुतोषको दर्शनभक्तिले थप सफलता प्राप्त गर्न मद्दत हुनेछ ।

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन वाणीमा कुशलता आउने योग परेको दिन छ । बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसैकसैलाई परदेशी घर फर्कने र घरपरिवारमा  रमाइलो वातावरण छाउने छ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्ने छ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

 

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन लाभ एवम् सफलता हासिल गर्नसकिने छ । व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका केही कार्य बनाउन सकिने छ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । स्वागत सत्कार तथा मिष्ठान्नद्वारा मोजमानी आदि प्राप्ति हुने दिन रहेको छ । प्रेमका अभिलाषीहरुलाई प्रेम सुख मिल्नेछ भने गृहस्थीको लागि पारिवारिक एवं दाम्पत्यधर्म पूरा हुनेछ । आज यहाँलाई एक अंक, रातो रङ्ग शुभ रहने छ भने भगवान रुद्रको दर्शन भक्ति गर्नु थप शुभकर हुनेछ ।

 

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । धनसंपत्ति तथा मालसमान हराउन सक्ने सम्भावना पनि देखिन्छ सचेत रहनु होला । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । आवश्यकभन्दा बढी यात्राको पनि योग देखिएकोले संयम धारण गर्नु उचित होला । अन्यथा यात्रामा दुःख भोग्नपर्नसक्ने छ । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको उपयोग एवम् भगवान शिवको भक्ति स्तुति ध्यानधारणा गर्नु शुभप्रद हुनेछ ।

 

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन लक्ष्मीकृपाको योग परेको देखिन्छ । तसर्थ व्यवसायिक क्षेत्रबाट राम्रो आम्दानी गर्नसकिने छ । विद्यार्थीहरु परीक्षामार खेलाडि तथा शारीरिक प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नाले अझ बढी सन्तोष लिनसकिने छ । विवाह योग्य युवायुवतीको लागि पनि जोडी भेटिन सक्ने ग्रहप्रभाव रहेको छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ  भने भगवान गौरीशङ्करको आराधना वन्दना गर्नु थप हितप्रद हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन दिनलाई उत्तम मान्न सकिन्छ । विशेष कामको योजनामाथि विचारविमर्श गराउनसक्ने गोचर परेको छ । औपचारिक मानसम्मानमा बढोत्तरी हुनेछ भने पदप्रतिष्ठाको आश्वासन पनि मिल्नसक्ने छ । उन्नति एवम् उच्चवर्गसँगको संपर्कले मनोबल र महत्त्वाकांक्षा पनि बढाउने छ । राजनीति तथा समाजसेवा वा जागिर आदि कार्यक्षेत्रमा जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायले प्रसिद्धि पाउनेछ । आत्मबल बढेर आउनेछ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान गौरीशङ्करको आराधना शुभप्रद हुनेछ । गरीब दीनदुःखीलाई दान सहयोग गर्नाले ईच्छित कार्य पूरा गराउन दैवीय कृपा मिल्नेछ ।

 

मीन राशिः

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अपेक्षित उपलब्धि प्राप्त गर्न ग्रहले अबरोध सृजना गरेको देखिन्छ । तथापि धार्मिक–आध्यात्मिक सत्चिन्तनले मानसिक शान्ति मिल्ने छ । सामान्यतया दैनिक एवं व्यवहारिक कामकार्य चल्ने नै छन् । विद्वान एवं मान्यपक्षबाट अदृष्य रोकावट आउनसक्ने छ । मनोबललाई उच्च नै राख्नु उपयुक्त हुनेछ । प्रेमसम्बन्धले उचाइ लिनेछ भने विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान सिद्धिविनायकको साथमा माँ बगलामुखीको श्रद्धाभक्ति तथा दर्शन गर्नु फलप्रद हुनेछ । गुरु जनको आर्शिवादले पनि विशेष भूमिका निर्वाह गर्नेछ । 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan