Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१५ लाख नगद लुटियो भन्दै रडाको मच्चाउने नगद सहित प्रहरीको फन्दामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,४ भाद्र ।  रु १५ लाख नगद लुटियो भन्दै रडाको मच्चाउने अस्गर अली नगद सहित प्रहरीको फन्दामा परेकाछन् ।

बज्रयोगिनि बहुउद्देसीय  सहकारी संस्था न्योरोड बाट रु १५,००,०००।– रकम निकाली आफ्नो पसल क्षेत्रपाटी तर्फ आउंदै गरेको अबस्थामा २२० सि.सि.को मोटर साईकलमा आएका व्यक्तीहरुले धारिलो हतियार खुकुरी देखाई नियन्त्रणमा लिई स्वयम्भुको जंगलमा लगि उक्त रकम लुटेको भन्ने जानकारीको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौर  कार्यालय प्रमुख र परिसर काठमाडौवाट खटिएको प्रहरी टोलीले पिडित भनिएका अस्कर अलि लाई सम्पर्क गरी अनुसन्धान गर्दै जाँदा उक्त रकम आफुले लुटिएको भनि झुठा जानकारी गराएको बुझिएको छ ।

उक्त रकम आफैले का.म.न.पा. वडा नं. १६ पकनाजोल स्थित राजेश श्रेष्ठको घरको भुई तलामा रहेको भ(याङ्ग मुनि लुकाई राखेको भनि जानकारी अनुसार उनलाई र उक्त राजेश श्रेष्ठको घरमा गई भर्याङ्ग मुनि रहेको सोनाम लेखिएको झोला तलासी लिदा नेपाली नगद रु ,१५,३१,८००। र चिनिया युवान १०० दरको थान १ दश दरको थान १,चावी थान ७ र सामसोङ्ग कम्पनीको मोवाईल थान १ लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको हो ।

नाटकिय रुपमा पिडित वनेका अस्गर अलीलाई उक्त सम्पतीको स्रोत नखुलेकोले थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शुद्दिकरण पठाउने तयारी भइरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan