Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल भाद्र ५ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ५ मंगलबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । भाद्र महिनाको ५ गते  मङ्गलवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको २१ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको दशमी, ०७ः०१ बजेपछि एकादशी । 

योगः विष्कुम्भ, १९ः२४ बजेपछि प्रिती ।

नक्षत्रः  मूल ।

करणः गर, ०७ः०१ बजेपछि वणिज, १९ः४४ बजेपछि भद्रा ।

चन्द्रमाः  धनु राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३७ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः३५ बजे ।

राहुकालः १५ः२० बजेपछि १६ः५७ बजेसम्म ।

यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पूर्व दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन सात्त्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको  निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । आँटे ताकेका तथा गर्न खोजेर पनि थातिरहेको केही महत्त्वपूर्ण इष्टकार्य पूर्णहुनसक्ने छन् भने केही काम अघि बढ्नेछ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ ।

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन विसन्चो हुनसक्ने गोचर परेको दिन छ । कामकार्यामा बाधाब्याबधान आइलाग्ने, गरिएको काममा अपयश आउने र मानसिक चञ्चलता बढ्ने ग्रह छ । आज दीर्घरोगीले स्वास्थ्यको अल्लि ख्याल पुर्याउनु पर्ने र आहारविहारमा ध्यान दिनुपर्ने छ । सानातिना कामले पनि धेरै समय लिने तथा ठूलो श्रम खर्च गर्नुपर्ने हुनसक्छ । अपेक्षित उपलब्धि नमिल्दा अल्लि नैराश्यता बढ्नसक्ने छ तथापि धैर्यतालाई अवलम्बन गर्ने र आफ्नो कर्मक्षेत्रमा निस्काम सिद्धान्तले खट्ने गर्दा अन्तिममा केही लाभ प्राप्त हुनसक्ने छ । प्रेमको सम्बन्ध भने त्यति सफल नहुनसक्छ भने कसैकसैलाई अतितको यादले बढी सताउनेछ । आज तपाईले इष्टदेवको साधना बढाउनु हितप्रद हुनेछ ।

 

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही शङ्का आशङ्काको बाबजुत पनि आमोद–प्रमोद चाहनामा बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने छ । विवाह योग्य युवायुवतीको लागि विवाह तथा प्रेम प्रस्तावको सम्भावना पनि रहेको छ । व्यवसायिक उन्नति हुनाले केहीहद्सम्म आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग र गुरु गणपतिको दर्शनभक्ति गर्नु शुभ हुनेछ । 

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आ“टसाहस बढाउने गोचर परेको छ । स्वास्थ्यमा आरोग्यता र अनुहारमा कान्ति बढ्ने छ । शुभेच्छुक बढ्नेछन् भने विरोधी तत्त्वपाखा सर्ने तथा समझदारीमा आउन चेष्टा गर्ने छन् । विशेष कामकार्य तथा उद्यमविकासको बारेमा कार्ययोजना बन्नसक्ने छ भने विशेष स्थानको यात्रायोजना पनि तय हुनसक्ने छ । सामान्यतया दैनिक व्यवसायिक कामकार्यले राम्रो गतिलिने छ ।  प्रेम अभिलाषीहरुको लागि पनि दिन विशेष अनुकूल रहनेछ । दाम्पत्य एवं प्रेमसुख तथा गौरवानुभूति हुने छ ।  शारीरिक क्षमतामा बढोत्तरी हुनजानाले थातिरहेका कामकार्यलाई पूर्ण गर्ने मौका मिल्नेछ । अतिरिक्त आर्थिकलाभ हुने, प्रशंसनीय कार्यसम्पादन गर्नसकिने, प्रतिस्पर्धामा विजय भइने र मनोकामना पूर्ण हुने दिन रहेको छ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन रणनीतिक व्यवहारिकतालाई प्रसय दिनु उचित हुनेछ । केही अहंभावको पनि झलक व्यवहारमा देखिनसक्ने छ । तथापि विद्याविनयता र तर्कबल एवं प्राज्ञिककर्मले उदाहरणीय भूमिका प्राप्त गर्नसक्नेछ । नीतिगत तथा कुट्नैतिक कार्यको प्रस्तुतिमा सफलता र प्रशंसा पनि मिल्ने छ । कलाकौशलता बढ्दो रहनेछ भने दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । व्यापार व्यवसायबाट लाभ एवम् सन्तुष्टि मिल्ने छ । सन्तानको क्षेत्रमा देखिएको समस्यामा कमी आउनेछ । विद्यार्थीवर्गले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । विद्वतवर्गका व्यक्तिलाई ज्ञानविवेकको प्रशंसा मिल्ने योग छ, भद्रतालाई बढाउनुपर्ला । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ ।

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजका दिन झुक्याउने खालको गोचर छ । कसैकसैलाई छलफल तथा बहस आदिमा मत बाझिने र असमझदारी हुनसक्ने छ ।  सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने छ । त्यस्तै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा आँच आउने होकि भन्ने पनि देखिन्छ । मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । उपर्युक्त केही प्रतिकूलता रहँदारहँदै पनि खासै वास्ता नगरेको तर्फबाट भने उपलब्धि मिल्ने छ । सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रमा सफल हुन सकिनेछ । आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद ग्रहण गर्नु आज तपाईको लागि हितप्रद हुनेछ ।

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन अल्लि घमण्ड बढ्छ कि भन्ने भयप्रद गोचर देखिएको छ । रपनि उपलब्धि मिल्ने ग्रहयोग छ । उपयुक्त उपलब्धि हासिल गर्न मनोन्माद्लाई संयम गरी स्वकर्ममा लगनशील रहनु भने पर्नेछ । उन्मादी हौंस्याहटलाई कम गरी व्यवहारिक ढङ्गलले अघि बढ्नाले केही महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । शारीरिक पराक्रम पनि बढ्ने र पौरखको मान्छेहरुबाट प्रशंसा पनि पाउन सकिनेछ । खेलकुद आदिमा राम्रो प्रस्तुति दिनसकिने छ । आज यहाँलाई तीन अङ्क, हरियो रङ्गको उपयोग गर्नु र भगवान गणेशको भक्ति एवं शक्ति जागरण गर्नु शुभप्रद हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन केही सकारात्मक ग्रहगोचर देखिएको छ । बोलीको प्रभाव राम्रो पर्ने गोचर परेको हुनाले प्रवचन, अध्यापन, उद्घोषण, भाषण आदि वाणीवृति हुनेहरुको लागि विशेष अनुकूल रहनेछ । धुकुटिमा धनधातु तथा खजाना भण्डारन गर्न सकिने छ । परोपकार एवम् समाजसेवाका क्षेत्रमा पनि ग्रहले साथ दिएको छ । कुटुम्ब जनको आगमनले पारिवारिक वातावरण सौहार्दपूर्ण बन्नेछ भने गृहस्थ व्यवहार पनि सार्थक हुनेछ । आज यहाँलाई दुई अंक, सेतो रंग उपयुक्त रहने छ भने गुरुगणपतिको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन गोचरप्रभाव अनुकूल रहेकोले मानप्रतिष्ठामा विकास हुनेछ । स्वादिष्ट परिकारको  मेजमानी तथा मनोरञ्जन र भौतिक सुखसुविधा मिल्नसक्ने छ । उद्यमविषयमा चिन्तन एवम् व्यवसायिक उन्नति हुने र शुभेच्छुकसँग  भेटघाट हुन पाइनेछ । सफलता र लाभले मानसिक शान्ति एवम् सन्तोष प्राप्ति हुनेछ । मनोरम तथा ईच्छित क्षेत्रको भ्रमण गर्ने मौका मिल्नसक्ने छ । किशोर किशोरीहरुको लागि प्रेमसम्बन्ध जोड्न अवसर मिल्नसक्ने छ । विवाहित तथा प्रेमप्रेमिका बीचको सम्बन्ध प्रगाढ बन्ने छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग  र भगवान गुरुगणपतिको सेवा भक्ति उपयुक्त हुनेछ । 

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन संघर्षकर रहेको छ । सामान्य कार्यलाई पनि बढीनै कोसिस गरेरमात्रै अगाडि बढाउन सकिनेछ । वास्तविकता नबुझि बहकावमा आएर गरिएको कामबाट धोखा हुनसक्ने छ । आफूसँग सम्बन्ध नभएको विषयमा चेष्टा गर्दा उल्टो तथा मद्होसमा आएर गरिएको कामले पक्कै पनि पश्चाताप दिने र खतिक्षति व्यहोर्न पर्नसक्ने छ, समयमै सजग हुनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलताले अनर्थकर यात्रा पनि गराउन सक्ने सम्भावना देखाएको छ, धैर्यधारण गर्न जरुरी देखिन्छ । भगवान गणेश र हनुमानदेवको दर्शनभक्ति तथा स्तुति आराधना गर्नु ग्रहबाधा निवारणको लागि मद्दतप्रद हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन उपलब्धिमूलक नै देखिन्छ । आर्थिक कोषमा धनद्रव्य सङ्कलन हुनेछ । व्यवसायमा व्यस्त रहनुपर्ने छ । कमजोरी लुकाउन सकिने छ । हर्ष एवम् सुखकर समाचार सुन्न पाइने छ । प्रयत्नले सहयोग जुट्न आउने छ । बढी इच्छाएको काम पूर्ण गर्न सकिने छ । सामान्यतया दैनिकी कार्यमा पुरुषार्थ बृद्धि हुने र प्रसंशा पनि मिल्नेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोग गर्नु र भगवान सिद्धिविनायकको दर्शन भक्ति गर्नु शुभकर हुनेछ ।

 

मीन राशिः

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई गोचर अनुकूल नै मान्नुपर्छ । रपनि अपेक्षा गरेको काममा अबरोध सृजना हुनसक्ने छ । व्यवसायिक कर्मक्षेत्रमा उन्नती हुनसक्ने देखिन्छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिनसक्ने छ । स्वकर्मलाई समय दिनाले ईष्टकार्य अगाडि बढाउन सकिने छ । अवसरको सदुपयोग गर्ने र नमात्तिने गर्नाले उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना छ । भगवान हनुमान एवं गुरुगणपतिको श्रद्धाभक्ति स्तुति गर्नु शुभप्रद हुनेछ । 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan