Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध बनपैदावरका सामान सहित चिनिया नागरिक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ५ मंगलबार |
newsabhiyan

काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित अन होटल संचालन गरी बस्ने चिनिया नागरिक ४५ वर्षीय Chen Qiang लाई अवैध बनपैदावरका सामान सहित प्रहरीले पक्राउ गरेको छ । 

निजले विभिन्न निषेधित जडिबुटीहरुको कारोबार गर्दै आएको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले सोमबार उक्त होटलको कोठा तलासी गर्दा यर्सागुम्बा जस्तो देखिने बस्तु ९० ग्राम, सिहर्स जस्तो देखिने बस्तु ३ सय ग्राम, सुनाखरी जस्तो देखिने बस्तु ३ सय ३० ग्राम, विभिन्न वनपैदावार जडिबुटीका बोक्रा लगायतका बस्तु १ सय ५० ग्राम, विभिन्न जडिबुटीको फल जस्तो देखिने बस्तु ६ के.जी. ५ सय ग्राम बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan