Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खुल्ला सार्वजनिक स्थानको संरक्षण गर्दै कामपा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ५ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, ५ भदौ  । काठमाडौँ महानगरपालिकाले आफ्नो सबै वडामा रहेको खुल्ला सार्वजनिक स्थानको पहिचान र संरक्षणको कामलाई अघि बढाएको छ ।

३२ वडा रहेको कामपामा हालसम्मा वडा नं ३, २९ र ६ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन वडाका जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैचा निर्माणको लागि डिजाइनको काम भइसकेको छ । अन्य वडाको जग्गा पहिचान गर्न तीन महिनाअघि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा अध्यक्षलाई निर्देशन दिनुभएको थियो ।

थापाका अनुसार कामपाको सबै वडामा खुल्ला सार्वजनिक जग्गा रहेको छ । ती सबै जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने कामपाको योजना छ । कामपाले चालु आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरेको छ ।

यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाइ सामूहिक प्रयोगमा ल्याइने कामपाको भनाइ छ ।

कामपाले चालु आव २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan