Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजेन्द्र महतो ट्वाँ ! जोशी ढुक्क ! प्रचण्डको छटपटी ! विचरा सशांक !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ भदौ । राजेन्द्र महतो ट्वाँ ! गत शनिबार दुई नम्बर प्रदेश सभालाई जतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन भाषण गर्दैै थिए, त्यतिबेला उपप्रधान एवं स्वास्थयमन्त्री उपेन्द्र यादव र राजेन्द्र महतो भोजमा व्यस्त थिए ।

त्यस दिन उपेन्द्र यादव प्रधानमन्त्रीसँग जनकपुर जानुपर्ने थियो । तर, गएनन् र रात्री भोजमा राजेन्द्र महतोलाई सुटुक्क बोलाए । यसको भित्री उद्देश्य संविधान संशोधनको विषय थियो । उपेन्द्रले भित्रबाट, राजपाले बाहिरबाट संविधान संशोधन गर्न सरकारलाई दबाब दिने सहमतिा त्यहाँ भयो ।

सहमतिबाट बाहिर निस्किएपछि राजेन्द्र महतोले महन्त ठाकुरलाई फोन गरेर भने–उपेन्द्र यादवसँग सहमति भयो । अब आन्दोलनमा जुट्नु पर्छ भन्दा महन्तले भने–यो तिमीलाई बेबकुफ बनाउने कुरा हो । महन्तको कुरो सुनेर राजेन्द्र महतो ट्वाँ परे ।

जोशी ढुक्क !
कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट आँखाको उपचार गरेर अस्ति काठमाडौं फर्किए । काठमाडौं फर्कनासाथ उनले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई फोन गरेर भने–ओलीसँग सल्लाह भएरै तपाईलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरेको हुँ ।

अब फेरि त्यसमा तलमाथि हुन्न । तपाई किन आत्तिनु हुन्छ ? देउवाको यो कुरा सुनेपछि जोशी थप छ दिनको बिदामा बसे । अब फेरि संवैधानिक परिषद्को बैठक बस्दैछ । देउवाले भनेझै जोशी फेरि प्रधानन्यायाधीशमा सिफारिस हुने त होइनन् ? कसो उपेन्द्र महतोज्यू ?

प्रचण्डको छटपटी !
प्रचण्ड हिजोआज आफू निकट पूर्वमाओवादी नेताहरुसँग व्यस्त छन् । नेकपाको तल्लो कमिटी पुर्नगठनको तयारीमा छ । ओलीले महाधिवेशनबाट अध्यक्ष बनाउने आश्वासन दिए पनि उनले पत्याएका छैनन् । त्यसैले सबैलाई प्रदेश र स्थानीय निकायको पुर्नगठनमा जुट्न आग्रह गरेका छन् ।

प्रचण्ड ओलीको कार्यशैलीबाट सन्तुष्ट पनि छैनन् । प्रचण्डले भनेका कतिपय कुरा ओलीले नटेर्ने गरेको गुनासो उनी निकट कमरेडलाई गर्ने गरेका छन् । प्रचण्डले भारत र चीन भ्रमणपछि केही परिवर्तन होला भनेर भन्न थालेका छन् । त्यो परिवर्तन भनेको के हो ? बुझ्न नसकेर पम्फा भुसाल हैरान भएकी छन् ।

विचरा शशांक !

शेरबहादुर देउवाको ताल देखेर कांग्रेसका नेताहरुको मथिंगल खल्बलिन थालेको छ । देउवाले पछिल्लो पटक महामन्त्री डा.शशांक कोइरालालाई पनि टेर्न छाडेका छन् । त्यसैले कोइराला परवार पूरै देउवाविरुद्ध खनिन थालेको छ ।

गत आइतबार प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा महामन्त्री शशांक खुलेरै आए भने डा.शेखर कोइराला विद्रोह नै बने, खबर दृष्टिको बक्रदृष्टिमा उल्लेख छ ।

शेखर र शशांकको विद्रोही स्वर सुनेर कृष्ण सिटौला मुसुमुसु हाँस्दै मात्र बसे । कतै सिटौलाको हाँसोभित्र कोइराला परिवारलाई देउवाबाट अलग्याउनु त होइन ? कसो, प्रकाशमान सिंहज्यू ? 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan