Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल भाद्र ६ गते बुधवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ६ बुधबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । भाद्र महिनाको ६ गते  बुधवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको २२ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको एकादशी, ०८ः३३ बजेपछि द्वादशी । 

योगः प्रिती, १९ः४७ बजेपछि आयुष्मान ।

नक्षत्रः  पूर्वाषाढा ।

करणः भद्रा, ०८ः३३ बजेपछि बव, २१ः२७ बजेपछि बालव ।

चन्द्रमाः  धनु राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३८ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः३४ बजे ।

राहुकालः १२ः०५ बजेपछि १३ः४३ बजेसम्म ।

यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पूर्व दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि रहेको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्नेछ तथा धनलाभ र धर्म आर्जन गर्न सकिनेछ । सुरम्यस्थानको यात्राको सम्भावना छ भने प्रेमसम्बन्ध कसिनसक्ने छ । व्यवसायिक कामकार्य तथा पेशाको क्षेत्रमा उन्नति प्रगति एवं सफलता र लाभ मिल्नेछ ।  आज तपाईँको लागि नौं अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान विष्णुको दर्शनभक्ति उपाशना आराधना गर्नु हितप्रद हुनेछ ।

 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । सोँचेभन्दा बढी संघर्ष गर्नुपर्ने तथा स्वास्थ्यमा पनि समस्या देखिने र कार्यक्षेत्रमा अबरोध सृजना हुनसक्ने सम्भावना छ । आज दीर्घरोगीहरुले आफ्नो स्वास्थ्यको निकै ध्यान पुर्याउनु उपयुक्त हुनेछ भने आहारविहारमा पनि सजगता अप्नाउनु बुद्धिमानी हुनेछ । त्यत्ति सकारात्मक समय नरहेकोले हतार नगरी धैर्यधारणा गर्दै अघि बढ्नाले अप्रत्यासित उपलब्धि पनि हुने देखिन्छ । आज यहाँहरुको लागि आठ अंक, रातो रङ्गको प्रयोग एवम् भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति तथा स्तुति आराधना गर्नु शुभकर हुनेछ ।

 

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन ईच्छा भएर पनि प्रेमी वा जीवनसाथीको भूमिका निःतेज हुनसक्ने छ । अपेक्षा अनुरुप हुननसके पनि व्यवसायबाट आंशिक लाभ भने हुनजाला । यात्राको लागि खर्च एवं फगत मनोरञ्जनमा सरिक हुनपर्ला । परपाउनाप्रति व्यवहारिक औपचारिकता निभाउनु पर्ला । अपेक्षित धनसञ्चय नभएपनि केही भौतिक उपलब्धि हुनसक्ने छ । अनपेक्षित व्यवहारबाबजुत पनि दाम्पत्यत्वमा सुखानुभूति गर्नुपर्ला । कसैकसैलाई कैफियत युक्त प्रेमनाटकको व्यवहार आइपर्ने छ भने राजसी दिन चर्यामा मन जानसक्ने देखिन्छ । आज प्रयोगको लागि सात अङ्क, सेतो रङ्गको छनौट र भैरवदेवको श्रद्धाभक्ति तपाईँको लागि हितप्रद हुनेछ ।

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अबरोधको बाबजुत केही व्यवसायिक धनार्जन हुने एवम् सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शर्तमा ल्याएर शत्रुपक्षलाई झुकाउन सकिने छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुनगइयथेष्ट आत्मबल बढ्ने छ । आँटसाहसले कार्य संपादन गर्नसकिने छ ।  मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति हुने दिन छ । आज तपाईले भगवान श्रीहरिको स्तुति आराधना बढाउनु ग्रहाबरोध हटाउने तथा लाभप्रद हुनेछ । 

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन यद्यपि सुधारोन्मुख छ । रपनि कुनै कुनै क्षेत्रमा आक्रोश एवं गलत रणनीतिक भूमिका हुनसक्ने सम्भावना छ । विद्याविनयताको व्यवहारलाई बढी जोड दिनु बुद्धिमानी हुनेछ । तर्कबलजन्य प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान मिल्नेछ । संयमतालाई ध्यानमा राखे ज्ञानोन्नतिकारक गोचर परेकोले विद्यार्थीहरुमा विद्याबुद्धि बढ्ने तथा विद्यार्जनमा सफलता हात लाग्नेछ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ । कसैकसैलाई सन्तानको बाटोबाट चिन्तित हुनपर्ने कुरालाई भने नकार्न सकिन्न । मानसिक नैराश्यता हट्ने र व्यवसायिक क्षेत्रबाट लाभ र सफलता मिल्ने छ । आज तपाईले भगवान भैरवदेवको दर्शन भक्ति गर्नु शुभदायक हुनेछ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरीसम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको  काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ ।

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन अल्लि घमण्ड बढ्छ कि भन्ने भयप्रद गोचर देखिएको छ । रपनि उपलब्धि मिल्ने ग्रहयोग छ । उपयुक्त उपलब्धि हासिल गर्न मनोन्माद्लाई संयम गरी स्वकर्ममा लगनशील रहनु भने पर्नेछ । उन्मादी हौंस्याहटलाई कम गरी व्यवहारिक ढङ्गलले अघि बढ्नाले केही महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । शारीरिक पराक्रम पनि बढ्ने र पौरखको मान्छेहरुबाट प्रशंसा पनि पाउन सकिनेछ । खेलकुद आदिमा राम्रो प्रस्तुति दिनसकिने छ । आज यहाँलाई तीन अङ्क, हरियो रङ्गको उपयोगको साथमा भगवान विष्णुको ध्यान तप गर्नु थप सफलताकारक हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ । पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।

 

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन लाभ एवम् सफलता हासिल गर्नसकिने छ । तथापि महत्त्वपूर्ण कार्य सम्पादन गर्न केही उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका केही कार्य बनाउन सकिने छ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहने छ भने भगवान लक्ष्मीनारायणको दर्शन भक्ति तथा स्तुति आराधना गर्नु सुःखप्रद हुनेछ ।

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन खर्च बढ्नसक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवम् संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नपर्ने खालका भेट्घाट आदिको लागि याात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ । त्यस्तै तीन अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने कसैको सहयोगार्थ निस्काम भूमिका निर्वाह गर्नाले सन्तोष मिल्नेछ । भगवान विष्णुको स्तुति आराधनाले अनिष्टलाई कम गर्न मद्दत गर्नेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सदुपयोग गर्नजाने लाभकर दिन परेको छ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्नसकिने तथा व्यवहारिक प्रगति एवम् स्याबासी मिल्ने र यश कृति पनि बढ्ने छ । प्रगतिकारक दिनको सदुपयोग गरी वैयक्तिक प्रगति एवं व्यवसायिक उन्नयन तर्फ चेष्टा दिनु बुद्धिमानी हुनेछ । गुमेको प्रतिष्ठा फर्काउन र बैंकब्यालेन्स बढाउनसकिने साथै विद्यामा पनि प्रगति हुनेछ ।

 

मीन राशिः

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि खोजेकै कार्यमा अबरोध आउनेछ । रपनि सामान्यतया औपचारिक मानसम्मानप्रद रहनेछ । नोकरी आदि पेशा र व्यापार व्यवसाय एवम् समाजसेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुनसक्ने छ । उच्चपदस्थ व्यक्तित्त्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट केही भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । यहाँलाई आज एक अंक, रातो रङ्गको उपयोग र भगवान विष्णुको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ ।

 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan