Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रतिपक्षी कांग्रेसमा खोई गाम्भिर्यता ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । ३ भदौमा सरकार गठन भएको ६ महिना पुगेको अवसरमा सरकारले आफ्नो प्रगति विवरण सार्वजनिक गरेलगत्तै विपक्षी कांग्रेसले पत्रकार सम्मेलन गरेर सरकारका कमजोरी उजागर ग¥यो ।

राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धि यात्रा र सपनाको हवाई उडान तथा न्यायालयमा सरकार चुकेको कांग्रेसले बताएको छ ।

तर, कांग्रेसले सरकार राष्ट्रियता, लोकतन्त्र रक्षाका विषयमा सरकार कहाँ चुकेको हो भन्ने बस्तुगत उदाहरण दिन सकेन । संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विदेश भ्रमण गर्न रोकिएको र प्रधान न्यायाधीशको सुनुवाइमा संसदीय विशेष समितिले बहुमतबाट गरेको अस्वीकार गर्ने निर्णयबाहेक अरू विषयमा कांग्रेसले पत्रकार सम्मेलनमा उदाहरण दिन सकेन ।

सरकारले जसरी प्रगति विवरण हचुवा र हास्यास्पद तरिकाले उपलव्धि भन्दै प्रस्तुत गरेको थियो, कांग्रेसले त्यसैगरी सतही टिप्पणी गरेको छ । सरकारको उपलव्धि विवरणमा वर्षौंदेखि सञ्चालन भएका योजनालाई आफैँले थालेर पूरा गरेको भन्दै समेटिएको छ ।

कांग्रेसले सरकारमाथि विभिन्न आरोप लगाएपनि कमजोर प्रस्तुतिका लागि उपहास गरेको छ । त्यसले कांग्रेसको विरोध पनि सरकारको विवरणभन्दा खासै फरक देखाएन ।

विपक्षको विरोध कमजोर हुँदैमा सरकारको काम प्रभावकारी भएको सिद्ध हुन त सक्दैन । तर, यहाँ जस्तो सरकार उस्तै विपक्ष भएर कांग्रेसले गरेको सरकारको विरोध प्रभावहीन भएको छ ।

संसदीय व्यवस्था भएको मुलुकमा विपक्ष प्रतीक्षारत सरकारका रुपमा रहेको हुन्छ । कांग्रेस प्रमुख विपक्षी दल भएकाले उ छाँया सरकार हुने भएपनि जनमतमा खासै सानो नभए पनि संसदमा कांग्रेसको उपस्थिति संख्यात्मकरूपमा निकै कमजोर छ ।

तर, कार्यसूची र स्पष्ट सैद्धान्तिक अडानको अभावले कांग्रेस संसदमा कमजोर देखिएको छ । सरकारको प्रभावकारी निगरानी गरेर सशक्त विरोध गर्न सकेमात्र लोकतन्त्रको पनि रक्षा हुन्छ । त्यसका लागि पहिले त कांग्रेसका नेताहरू नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ ।

कांग्रेस संसदीय संख्यामा कमजोर भए पनि प्रमुख विपक्षका रूपमा वैकल्पिक सरकार त हुँदै हो । यसैले प्रत्येक विषय उठाउँदा स्पष्ट विकल्प पनि दिनुपर्छ ।

विशेषगरी, कर, संघीयता, नागरिक अधिकारजस्ता विषयमा कांग्रेसले स्पष्ट धारण सार्वजनिक गर्नुपर्छ । संसदमा प्रस्तुत विधेयकमा रचनात्मक प्रतिपक्षका रुपमा सरकारलाई सहयोग र निगरानी पनि गर्नुपर्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan