Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पशुपति क्षेत्रलाई सिमेन्टको ढलान किन भन्दै अभियान्ता बिरोधमा ? पशुपति कोष घेराउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २३ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ भदौ । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा सिमेन्टको ढलान गरेको विरोधमा सम्पदा संरक्षण अभियन्ताले बिहीबार पशुपति क्षेत्र विकास कोष घेराउ गरेका छन् ।

घेराउका क्रममा विकास कोषका कर्मचारी र अभियन्ताबीच चर्काचकी समेत भएको छ । कोषले परिपथ बनाउने भन्दै दुई सातादेखि श्लेष्मान्तकमा कंक्रिट राख्दै आएको थियो ।

पशुपति क्षेत्रलाई  सिमेन्टको ढलान किन भन्दै अभियान्ताहरु बिरोधमा ? उनीहरु बिरोधमा उत्रिएसँगै पशुपति क्षेत्र विकास कोषमा खैलाबैला मच्चिएको छ । अभियन्तालाई कोषका गार्ड र कर्मचारीले लछारपछारसमेत पारेका थिए । 

विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रमा मापदण्डविपरीत कंक्रिटको ढलान गरेपछि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बिहीबार उक्त क्षेत्रको निरीक्षण समेत गरीसकेकीछन् । उनले भुइँचालोले क्षतिग्रस्त विश्वरुपमा मन्दिर, त्यहाँका सत्तल लगायत निरीक्षण गरिन् ।

‘यहाँ कंक्रिट ओछ्याएर बाटो बनाउनुभन्दा विश्वरुपाको मन्दिर बनाएको भए हुन्थ्यो ।’ ‘वनमा यसरी कंक्रिट ओछ्याउनै हुँदैन उनले  निरीक्षणका क्रममा भनेकी थिइन् । पशुपतिका भण्डारी केदार भण्डारीले बोल्ने क्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार उप्रेतीले बोल्न रोकेपछि विवाद बढेको हो ।

उक्त बिरोध कार्यक्रमा अभियन्ता आस्था थापालाई कोषका गार्डले लछारपछार पारेका थिए । उनी क्यान्सर पीडित हुन् । ‘मलाई क्यान्सर लागेको भन्दा बढी पीडा भएको छ । मलाई दुव्र्यवहार गर्नेलाई कारबाही होस् ,उनको माग समेत रहेको थियो ।

त्यसैगरि, प्रदेश ३ का सभासद नरोत्तम वैद्यले बोल्ने क्रममा पनि उप्रेतीले रोकेका थिए । वैद्यले पशुपतिमा राख्न लागिएको सुनको जलाहरी र श्लेष्मान्तकमा कंक्रिट राखेर धार्मिक स्थलमा दुरगामी असर पर्ने काम भएको बताए ।
वेद्यले भने, ‘पशुपतिमा चारजना भट्टले बाहेक अरूले छुनसमेत पाउँदैनन् । पूजामा सधैं सहयोग गर्ने भण्डारीले समेत छुन पाउँदैनन् । त्यस्तो मन्दिरमा कसले राख्ने जलहारी ? शिव आफू मृगको छालामा नागै बस्ने देवता हुन् ।  तपाईंहरू राजा हो ? हामी जनताको सल्लाह लिनुपर्दैन ? ‘हरेक भगवानका बेग्लै विशेषता छन् ।

कोषका अनुसार मृगस्थली क्षेत्र घुम्न २ करोड ९९ लाख रुपैयाँ खर्च गरेर यहाँ ‘वाक वे’ बनाउन लागेको थियो ।

‘गुरुयोजना अनुसार पो काम गर्नुपर्‍यो त । दाताले दियो भन्दैमा धमाधम काम गर्ने ?’ भण्डारीले भने, ‘मृगस्थलीमा मृगलाई खुवाउने पानीसमेत छैन । विश्वरुपा छेउमा लास गाड्ने ठाउँ बनाएको छ । लास गाडेको समेत पैसा लिन्छ । कोष व्यापार गर्न आएको हो ? गम्भिर प्रश्न उब्जिएको छ ।

पहिला बनाउन दिने अनि भत्काउने

पुरातत्त्व विभागले कंक्रिटका सबै संरचना भत्काउन लगाउने जनाएको छ । पहिला बनाउन दिने अनि भत्काउन लगाएर सार्वजनिक सम्पत्तिको नाश भएको भन्दै सम्पदा अभियन्ताले आपत्ति जनाएका छन् ।

‘हामीले रानीपोखरीमा सम्पदा मास्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्नेलाई फौजदारी मुद्दा लगाउने अभियन्ताहको भनाई छ ।

कोषले कंक्रिट ओछ्याएको क्षेत्रमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पनि अवलोकन गरेकी छन् ।


कोषले विश्वरुपमा अगाडि १ सय ७० मिटर क्षेत्रमा सिमेन्टको ढलान गर्ने काम सकेको छ । ढलानमाथि ढुंगा ओछ्याउने काम भने रोकेको छ ।

पारदर्शी बनाउ,सक्दैनौं भने खारेज गर

पशुपति क्षेत्रमा लामो समयदेखी ऐतिहासिक, सांस्कृतिक महत्वका बिश्वसंपदामाथी अतिक्रमण भैरहेको र भुकम्पले भत्किएका संरचनाहरूको पुनर्निर्माणको सिलसिलामा विश्वरूपा मन्दिर परिसरमा समेत कंक्रिट र सिमेन्ट प्रयोग गरी संपदाको ऐतिहासिकता नष्ट गर्ने सुनियोजित प्रयास भएकोमा धार्मिक समाजिक अभियान्ता अर्जुन रानाले आपत्ती जनाएकाछन् ।

साथै सुनको जलहरी शिवलिंगमा राख्ने बिकासकोषको गलत नियत र मनपरितन्त्रको घोर भर्त्सना गर्न चाहन्छु । पशुपती क्षेत्र बिकास कोषलाई पारदर्शी बनाउ । सक्दैनौं भने खारेज गर। सम्पदा संरक्षण ठेक्काबाट हैन अमानत प्रकृयाबाट होस् । पुरातात्विक महत्व विचार गरी पुनर्निर्माण होस् ।

क्यान्सर पिडित महिला अभियन्ता आस्था थापामाथी हातपात गर्ने कार्यकारी प्रमुख रमेश कुमार उप्रेतिले अविलम्ब राजिनामा गरुन हैन भने हामी अझ सशक्त ढंगले आन्दोलनमा उत्रने छौं उनले थपे ।

साथै कंक्रिटले बनाएका संरचना बनाउन र भत्काउँदा लागेको खर्च कोषका पदाधिकारिहरुबाट असुल उपर गरियोस भन्ने सरकारसंग आग्रह  छ ।

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan