Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाहालको भारत भ्रमण ओलीविरुद्ध होइन : नेता पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २४ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ, २४ भदौ । चार दिने भारत भ्रमणमा गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन् ।

दाहालको भारतभ्रमणले नेपाली राजनीतिमा एक किसिमको तरङ्ग पैदा गरेको छ । कतिपयले दाहालले भारत गएर नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध रणनीति बनाउन लागेको टिप्पणी गरेका छन् ।

नेकपाका नेता देवेन्द्र पौडेलले भने दाहालको भारत भ्रमण व्यक्तिगत नभै दुई देशबीचको सम्बन्ध सुधारका लागि भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले दाहालको भ्रमण ओलीविरुद्ध नभएको दावी गर्दै जिम्मेवार नेताले एकअर्काको व्यक्ति विशेषका लागि भ्रमण गर्न नहुने बताए ।

चर्चा गरिएजस्तो दाहालको भ्रमण ओलीविरुद्ध नभएको स्पष्ट पारे । दाहाल र ओलीबीच कुनै पनि विवाद नभएको जिकिर गर्दै पौडेलले सरकारको कामबारे दाहालको असन्तुष्टी नभै सरकारको काम प्रभावकारी बनाउनुपर्छ भन्ने मात्रै रहेको बताए ।

दाहालले केही दिनअघि मन्त्रीहरुको काम सन्तोषजनक नभएको भन्दै आवश्यक परे मन्त्री फेरबदल गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan