Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कामको रफ्तार अघि बढाईने मन्त्री बिना मगरको उद्घोष

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ भदौ । खानेपानी मन्त्री बिना मगरले नयाँ योजनाका साथ खानेपानी आयोजनाका कामलाई अगाडि बढाउन द्रुत गतिले कार्य गरिने बताउनुभएको छ । खानेपानी मन्त्रालयमा सोमबारबाट सुरु भएको साप्ताहिक बैठकमा बोल्दै मन्त्री मगरले साना ठूला आयोजनाहरुको काम रफ्तारले अघि बढाईने बताउनुभएको हो । 

उहाँले पुराना योजनाहरुको प्रगति सन्तोषजनक रहे पनि यतिले मात्रै नपुग्ने भन्दै कामको गति बढाउने बताउनुभयो । जनताले महसुस गर्ने गरी कामको नतिजा निकाल्न उहाँले मन्त्रालय र सो मातहतका विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

कतिपय आयोजनाका कामहरु गर्दै जाँदा समस्या आईपरे सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गरेर अघि बढ्ने उहाँले बताउनुभयो । पुरानो ढर्राले नभई नयाँ तरिकाले कामलाई अघि बढाउन उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताका गुनासो आउन दिनु भएन । कामको प्रगति के कसो भईरहेको छ ? कहाँ समस्या आईरहेको छ, मलाई निर्धक्क भएर भन्नुस, म त्यसको समाधान निकाल्ने प्रयत्न गर्छु ।’

बैठकमा मेलम्चीको काम समयमै सक्न उहाँले निर्देशन दिनुभयो । मेलम्ची आयोजनाको काम तीव्र गतिले अघि बढेको विभागीय कर्मचारीहरुले बताएका थिए । हरेक साता आयोजनाहरुको प्रगति समीक्षा गर्न बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan