Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पब्लिकले कुटेर पनि मार्न सक्छन् ,गाडीमा हिँड्दा हिँड्दै ब्रेक फेल गराएर पनि मारिदिन सक्छन् : विरेन्द्र केसी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २६ मंगलबार |
newsabhiyan
newsabhiyan

 काठमाण्डौ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको सत्यतथ्य बाहिर ल्याउन गठित समितिबाट राजिनामा दिएका सदस्य विरेन्द्र केसीले आफूलाई असहज महसुश भएकाले राजिनामा दिन बाध्य भएको बताएका छन् ।

निर्मला हत्याको अनुसन्धानको लागि गठित छानबिन समितिका सदस्य केसीद्धारा राजिनामा

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले अनुसन्धानका क्रममा आफूलाई जे पनि हुन सक्ने चेतावनी आएको बताए ।

“तपाई सुरक्षित भएर हिँड्नुहोला । जे पनि हुन सक्छ । पब्लिकले कुटेर पनि मार्न सक्छन् । गाडीमा हिँड्दा हिँड्दै ब्रेक फेल गराएर पनि मारिदिन सक्छन् । यसकारण तपाई सचेत हुनुस भनियो ।” केसीले भने ।

अनुसन्धानको क्रममा आफू मानसिक पिडामा गुज्रिनुपरेको केसीले बताए । “राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, सञ्चार जगत र राजनीतिक दल लगायतलाई मेरो जीवनरक्षाको लागि सहयोग गरिदिन अपिल गर्दछु ।” केसीले भने ।

आफूले अहिलेसम्म कुनै पनि गलत काम नगरेको जिकिर गर्दै केसीले आफ्नो जागीर धराप नपर्ने विश्वास व्यक्त गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan