Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यूज अभियानको प्रभाव ! एक्सनमा उत्रिए एसपी श्रेष्ठ, बिवादित प्रहरी लखटिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २६ मंगलबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, लहान, २६ भदौ । सिरहाका एसपी जीवन श्रेष्ठले विवादित प्रहरीलाई धमाधम हटाउन सुरु गरेका छन् । गत, साउन २१ गते देखि तेस्रो पटकसम्म निरन्तर रूपमा महेशपुरपत्तार प्रहरीको अशुली धन्दाका बारेमा उजागर गरेपछि एसपी श्रेष्ठले बाध्य भर्इ चार प्रहरी जवान र दुर्इ प्रहरी हवल्दारलार्इ हटाएका हुन् ।

उनीहरुलाई १२ घण्टे म्याद राखी अघिल्लो साताको मंगलबार देखि नै लागू हुने गरी ईलाका प्रहरी कार्यालय लहान पठाइएको स्रोत बताउँछ । यस अगाडि न्यूज अभियानले साउन २१ गतेदेखि तेस्रो पटकसम्म कार्यालय प्रमुखले बढाएको अशुली काण्डको बारेमा बारम्बार खबर सार्वजनिक गर्दै आएको थियो । 

सो, क्रममा न्यूज अभियानलाई प्रहरी लगाएर झुठा आरोप लगाइ पक्राउ गर्नेसम्मको जालसाजी भयो । तर, पनि न्यूज अभियान पछि परेन। अत्ति नै भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नै रमिते हुँदा अशुली आतंकले हद नाघ्न थालेको समाचार समेत प्रकाशित गर्न हामी बाध्य भयौं ।

जिल्लाका कार्यालय प्रमुख श्रेष्ठले महेशपुरपत्तारका बदनाम प्रहरीहरुलाई लखटे पनि त्यस मातहतका घुस्याहा एवं बदनाम कर्मचारी, ईलाका प्रहरी कार्यालय मिर्चैयाका एक प्रहरी जवान, एक प्रहरी हवल्दार जिल्लाका एक हवल्दार सहित दुई प्रहरी जवानलार्इ भने अझैसम्म चलाइएको छैनन् ।

बारम्बार बिवादमा तानिने, पैसा नभएपछि केही नहुने र गृह मन्त्रालयसम्म उजुरी पुग्दा समेत एसपी श्रेष्ठ मौन हुनुले शंका उब्जिएको प्रहरी स्रोत नै उल्लेख गर्छ । बिवादास्पद बदनाम घुमुवालार्इ ब्याबस्थित पार्न नसक्नु नै प्रहरी प्रमुखको कमजोर कमान्ड रहेको स्रोतले दाबी गरेको छ ।

बिवादास्पद कार्यालय प्रमुख र बिभूषण प्रसाद यादवको आडमा अशुली धन्दा मच्चाउने को को हुन् ?
ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारमा अशुली आतंक मच्चाउने र सबैभन्दा बढी बिवादास्पद प्रहरी मध्य एक हुन् : प्रहरी हवल्दार रघुनन्द यादव र प्रहरी जवान रेमलाल राजवंशी ।

उनीहरुमाथि महेशपुरपत्तारीको मातहतमा रहेको जानकीनगर, कस्मारी, झाजपट्टी अन्तर्गतको सिमा नाकामा रहेको प्रहरी चौकीमा अशुलेको रकम कार्यालय प्रमुख रबिभूषण प्रसाद यादवलाई बुझाउने आरोप लागेको छ ।

त्यहाँको बरीयारपट्टी ५ जानकीनगर बस्ने भगवानलाल साहले भारतको लदनियाँ बजारबाट हार्ड्वेयर, मोटर्सपार्स, खैनी कटाइ दसगजा जोडिएको गाउँ गरम्मा ल्याइ स्टोरमा जम्मा गर्छ त्यसपछि ट्याक्टरबाट महेशपुरपत्तार हुँदै मोटरसाइकलमा रातको दस बजेपछि सिधै थानाको चोरबाटो हुँदै तस्करीका समान भित्र्याउने गरेको छ ।

तस्करी गराए बापत ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारका बदनाम घुमुवा प्रहरी हवल्दार रघुनन्द यादवलाई तस्कर साहले मासिक रकम दिने गरेका थिए । हवल्दार यादवको दरबन्दी प्रहरी चौकी झाजपट्टी भएपनि उनी झन्डै दुई बर्षदेखि त्यहीँ कार्यालयको सादा पोशाकमा खटिएका बदनाम प्रहरी कर्मचारी हुन् ।

अर्का जोगीन्द्र, गुरुदेव र सिकेन्द्र यादव साथै देवीन पासवान, आशान चौधरी लगायतले उनै प्रहरी हवल्दार रघुनन्द यादवलाई रकम दिई मोटरसाइकल मार्फत रजनीगन्धा, दूध पाउडर र राज निवास पान लगायतका सामान भारतबाट नेपाल ल्याउने काम गर्दैआएका थिए ।

त्यस्तै, कृष्णदेव भन्ने महाराजी यादवले नेपालबाट बालुवा, ढुंगा, गिट्टी भारततर्फ कटाउने साथै एलभेस्टर र हार्ड्वयर भारतबाट नेपालतर्फ ल्याउने गरेका छन् ।

तस्करी गराएबापत उनले हवल्दार यादवलाई महिनावारी रकम उपलब्ध गराउने गरेका छन् भने सोही मातहतमा पर्ने झाजपट्टी सिमा नाकाबाट अहिले आनन्द यादव, बद्री यादव, मनोज यादव (नेपाली कांग्रेसको वर्डा अध्यक्ष) भारतको तिर्थ यादव र पप्पु यादवले मोबाईल, मरिच, स्याउ, ट्याक्टरमा लैजाने गरेका छन् भने कपडा, चिनी भारतबाट नेपाल ल्याउने गरेका छन् ।

प्रत्यक तस्करहरुले केही रकम प्रहरी हवल्दार यादव र प्रहरी जवान रमलाल राजबंशीलाई बुझाउने गरेपछि उनलाई समेत त्यहाँबाट हटाएको हो । सो, क्रममा हामीसंग कुरा गर्दै प्रहरीद्वयले आफूहरु निर्दोष रहेको र यस्मा कुनै सत्यता नै नभएको बताउँदै आएका थिए ।

प्रहरी हवल्दार यादवले त झन् हामीलाई भेट गर्न समेत आग्रह गरेका थिए । जवाफमा हामीले नभेट्ने बताएपछि रिसले चुर हवल्दार यादवले हाम्रो जागीर नै खाइदिनु सम्म भन्न भ्याए । अहिले उनीहरु लहान पुगेका छन् र १२÷१२ घण्टे काम गर्नु परेपछि तनावमा रहेको स्रोत उल्लेख गर्छ ।

दुई बर्ष देखि एक छत्र राज गर्ने प्रहरी पनि लखटिए
यता, दुई बर्ष देखि ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारमा एकछत्र राज गर्दै आएका अन्य प्रहरी हवल्दार दिनेश यादव सहित प्रहरी जवानहरू रामबहादुर राउत, रामेश्वर चौधरी, इन्द्र नारायण शाह पनि त्यहाँबाट लखटिएको स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरुलाई समेत ईलाका प्रहरी कार्यालय लहान नै पठाइएको बुझिएको छ ।

आफू फस्ने निश्चत भएपछि हवल्दार यादव कुलेलाम ठोके
यता, आफू फस्ने निश्चत भएपछि ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारको मुद्दा फाँटका प्रहरी हवल्दार महेश यादव टाप कसेका छन् । उक्त प्रहरी कार्यालयको बारम्बार समाचार आएपछि उनले जवरजस्ती रवाना बुझेर टाप कसेको स्रोतले बताएको छ ।

विभिन्न घट्नामा मिलेमतो गरी मुद्दा दर्ता नै नगरी पीडितलाई दुःख दिदै पीडकलार्इ उन्मुक्ति दिएको खबर यसअघि नै पटक पटक सार्वजनिक भएपछि उनले केही साता अगाडि मात्रै सर्लाही जिल्लाको रवाना बुझेर टाप कसेका हुन् ।

छानबिन गर्न मुख्यालयको पुनः ताकेता
यसैबीच, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले सिरहा प्रहरी अशुली धन्दामा सक्रिय भएको भन्ने बिषयक प्राप्त गुनासो उपर आवश्यक छानबिन गरेर तत्कालै कार्वाही प्रक्रियालाई अगाडि बढाइ यस कार्यालयलाइ सत्यतथ्य जानकारी गराउन यो तेस्रो पटक जिल्ला प्रहरी कार्यालय सिरहा र दुई नम्बर प्रदेश प्रहरी कार्यालयको नाममा पत्र काटेको छ ।

उक्त पत्रमा कडाइका साथ छानबिन गर्न निर्देशन समेत दिइएको स्रोतले बताएको छ । त्यस्मा हाल लहान पुगेका प्रहरी विरुद्ध समेत उजुरी परेको स्रोतले बताएको छ । साउन र भाद्रमा अहिले तीन वटा उजुरी परेपनि बदनाम घुमुवा अझै लखटिएका छैनन् ।

एसपी श्रेष्ठ आएपछि गृहबाट उजुरीका ठेली आउने क्रम बढ्ने प्रक्रियामै रहेको स्रोतले बताएको छ । उनी आएपछि बारम्बार उजुरी आइरहेको छ । उनको कमजोर कमान्ड हो या उनले नेतृत्व गर्न सकेन त्यो भने उनको सय दिने जिल्ला बसाइँले नै स्पष्ट पार्दछ ।

पाँचौं पटक उजुरीको तयारीमा स्थानीय
यसैबीच, ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादव लगायत समग्र जिल्लाभरका घुमुवा प्रहरीहरुको कालकर्तुतका बिषयमा एक सातापछि पुनः सम्मानित गृहमन्त्रालय र प्रहरी मुख्यालयमा उजुरी गर्ने तयारीमा रहेको उनी देखि आजित एक स्थानीयले बताएका छन् ।

नतिजा नआएसम्म उजुरी गरिरहेने उनको भनाइ छ । उजुरीमा लहान पुगेका महेशपुरपत्तारका तत्कालीन दुई प्रहरीको समेत विरुद्धमा रहने बुझिएको छ ।

यस्तै, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी जवान मिलनकुमार बिष्ट, हवल्दार दीपेन्द्र यादव सहित जिल्लाका प्रहरी हवल्दार सन्तोष झा, कृष्णकुमार यादव र कैलाश कुमार यादवको बिषयमा बेनामी उजुरी हाल्ने र उजुरीमा उनीहरुलाई मुख्यालय नै तान्नुपर्ने लगायत गुनासो समेटिने स्रोतले बताएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan