Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक मदन र गायिका संगिताको आवाजमा ‘फुल फुल्यो पँहेलै’ बजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । डिलाईट फिल्मसको प्रस्तुतीमा गायक मदन कुमार थापा र गायिका संगिता तिम्सिनाको आवाजमा ‘फुल फुल्यो पँहेलै’ गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली पन झल्कने मौलिक शब्द तथा लयलाई प्रस्तुत गरिएको छ ।

मायालुलाई गीतमा निकै रमाइलो पारामा फकाइएको छ । आफनी मायालुलाई बाटो छेकेर कुरेको कुरालाई गीतमा निकै रमाइलो पारामा ब्यक्त गरिएको छ ।

शशी विक्रम थापाको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । बजारमा निकै कम मात्रामा मैलिक भाकामा आइरहेको अवस्थामा लोक पारखी मनहरुमा बस्न सफल बन्नेमा आफु आशावादी रहेको गायक मदनले बताए ।

गीतको भिडियोलाई शिव पंगेनीको छायाँकन, अनिल कुमार मर्हजनको सम्पादन तथा कुशल भिडियो निर्देशक शशि विक्रम थापाको निर्देशन रहेको छ । मैलिक गीतमा कुमार, निर्जला, कृष्ण, विक्रम, राजेश, सुधा, कमल, दिपेन र कौशिलाको अभिनय तथा नित्य रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan