Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसएसपी धानुकको डीआईजी बन्ने सपना ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । सरकारी अधिकारीले आफूलाई प्राप्त अधिकार क्षेत्र बाहिर गएर गर्ने कुनै पनि क्रियाकलापलाई नै भनिन्छ ‘अख्तियारको दूरुपयोग’ ।

अख्तियारको दूरुपयोग गर्नेमाथि कारवाही गर्ने अर्धन्यायिक निकाय प्रहरीका अधिकारीले नै नेताको चाकरीका नाममा अख्तियारको दूरुपयोग गर्न थालेपछि सर्वसाधारणले ‘न्याय’को अपेक्षा कोबाट राख्ने ?

प्रसंग हो, समाचार प्रकाशनको विषयलाई लिएर चलाइएको ‘साइवर क्राइम’ मुद्दा प्रकरण ।
नेपालको कानूनले ‘साइवर क्राइम’मा मुद्दा चलाउने अधिकार काठमाडौं जिल्ला अदालतलाई र त्यस्ता मुद्दा प्रकरणको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखालाई मात्र दिएको छ ।

तर, काठमाडौं जिल्ला अदालतको पक्राउ आदेशकै आधारमा महानगरीय प्रहरी परिसर, ललितपुरले अनुसन्धानका नाममा खोजतलास र दृष्टि पत्रिकाका पत्रकारलाई समाचार प्रकाशनको सन्दर्भमा ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान दिन लगाउनुका साथै खोजतलास पत्रकारलाई त चार दिनदेखि आफ्नो हिरासतमै राखेको अवस्था छ ।

कानूनी विषयमै चुकिसकेको ललितपुर प्रहरीले समाचार प्रकाशन गरेको दृष्टि साप्ताहिकका पत्रकारलाई साधारण तारेखमा र साभार गरेको खोजतलास पत्रिकाका पत्रकारलाई चार दिनदेखि थुनामा राख्नुले पनि कानूनी अधिकारलाई ‘काखापाखा’ गरेको देखिन्छ ।

समाचार सन्दर्भमा आएअनुसार नेकपाकी नेतृ पम्फा भुसालको चाकरीकै नाममा अर्थात् उनलाई खुस पार्न महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी रविन्द्र धानुकले कानूनी अधिकारलाई नै ‘काखापाखा’का रुपमा प्रयोग गरेका हुन् । अर्थात् कानूनी अधिकारलाई दूरुपयोग गरीरहेका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालिन गृहमन्त्री जनार्दन शर्माको चाकरी गरेर उनको विश्वास जितेकै भरमा रुपन्देहीबाट बढुवासहित काठमाडौं परिसरको प्रमुख बन्ने अवसर पाएका उनी चर्चित नेपाल प्रहरीको महानिरीक्षक बढुवा प्रकरणमा नवराज सिलवाल (हाल व्यवस्थापिका संसदका सदस्य)लाई पक्राउ नगरेकै आधारमा ‘अन्यायपूर्ण’ सरुवामा परेका थिए ।

तर, हालको नेकपाको सरकारले उनलाई पुनः ललितपुर प्रहरी परिसरको प्रमुखका रुपमा जिम्मेवारी दिएको थियो । यसअर्थमा भन्नुपर्दा एसएसपी धानुक नेपाल सरकारले तोकेको कानूनी अधिकारको दायरामा भन्दा पनि नेताको चाकरीको यात्रामा रमाउन चाहान्छन्, सायद उनको लक्ष्य ललितपुरको प्रहरी प्रमुख रहीरहेका बेला डीआईजी पद पड्काउने हुन सक्छ !


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan