Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'तक्षकले डसेपछि मुर्छा पर्यो न्याय'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २८ बिहिबार |
newsabhiyan

काठमाडौं । चेलीहरु असुरक्षित हुँदै गएकोप्रति सरोकारवालाहरुले चिन्ता र आक्रोश ब्यक्त गरेकाछन् ।

तक्षकले डसेपछि मुर्छा पर्यो न्याय
रक्षक नै भक्षक भए, जनता असहाय
चेलीहरु असुरक्षित, नेता मौन प्राय
आमा रुन्छिन धुरुधुरु कस्तो यो अध्याय ?


आज मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौँमा आयोजित मासिक शान्ति काव्य प्रवाहको ७१ औँ श्रृंखलामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीद्वारा प्रस्तुत रचनाको अंश हो यो । काव्य प्रवाहमा चेलीहरु असुरक्षित हुँदै गएकोप्रति कविहरुले चिन्ता र आक्रोश व्यक्त गरेका थिए । 

समाजका महासचिव उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न मासिक शान्ति काव्य प्रवाहमा ३५ जना कविहरुले कविता, गजल, मुक्तकहरु प्रस्तुत गर्नुभएको थियो । 

काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, वेदमणी घिमिरे, मेनका पोख्रेल आचार्य, ऋचा, प्रा। डा।जीवन अधिकारी, डा। बम बहादुर जिताली, जसध्वज गुरुङ, मञ्जु श्री प्रधान केसी, दुर्गा तिवारी, पुष्पा धमला, विजयध्वज थापा, कुसुम शर्मा, उर्मिला पन्त पाण्डेय, सिता सुवेदी, भुवन सिवाकोटी, प्रकाशमणी दाहाल, त्रिभुवचन्द्र वाग्ले, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, रुद्र अधिकारी, कल्पना काफ्ले, पुन्य गौतम विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुंगाना, सर्मिला कार्की, निर्मल पराजुली, अशोक घिमिरे, रविन्द्र आशिस शैली, जनार्दन धडकन, केशवराज अर्याल, प्रमोद स्नेही, पदम दोङ, अनिष घिमिरे, सहित ३५ जना कविहरुले रचना प्रस्तुत गर्नुभएको समाजका तर्फबाट सरिता पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan