Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किन बोलायो चीनले काँग्रेसको केन्द्रीय टोलीलाई ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २८ बिहिबार |
newsabhiyan
newsabhiyan

 काठमाडौं, २८ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाली काँग्रेसको केन्द्रीय टोली चीन गएको छ ।

काँग्रेसका नेता तथा पुर्व मन्त्री डा. मिनेन्द्र रिजालको नेतृत्वको १४ सदस्यीय टोली चीन प्रस्थान गरेको हो ।
आउदो असोज दुई गते सम्म हुने कार्यक्रममा सहभागी भएर काँग्रेसको टोली चार गते नेपाल फर्किने भ्रमण तालिका रहेको छ ।

टोलीमा काँग्रेस नेताहरु किशोरसिं राठौर, सरिता प्रसाई, लक्ष्मी परियार, प्रकाश रसाइली, अमरसिंह पुन, रामबहादुर विष्ट, बेदप्रसाद तिमिल्सीना, लक्ष्मी क्षेत्री पाण्डे, गणेश मण्डल, बलदेश तिमिल्सनालगायत रहनु भएको छ ।
नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई धेरै बोलाउने गरेको चिनिया कम्युनिष्ट पार्टीले यस पटक अनुभव आदान प्रदान र मित्रता बढाउन नेपाली काँग्रेसका नेताहरुलाई बोलाएको हो । 

चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गतको विदेश विभागले निमन्त्रणा गरेर चीन गएका काँग्रेसका नेताहरुसँग उनीहरुले पार्टी निर्माण तथा सञ्चालन र समसामयीक विषयमा छलफल गर्ने जनाइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan