Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल–भारत बैठक:सीमा विवाद हुनुहुँदैन - प्रधानमन्त्री

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २८ बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, २८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतका बीच सिमानामा विवाद हुन नहुने बताउनुभएको छ ।

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उहाँले सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने बताउनुभयो ।

“कहीँकतै समस्या देखियो भने दुई पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिनुहोस्”(प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरुले संकलन गरेका सुझाव सरकारलाई बुझाउनुहोस् र सरकारको रायका आधारमा निर्णय गर्नुहोस् ।”

नेपाल–भारत सम्बन्ध अहिले नयाँ उचाइबाट अघि बढेकाले त्यही कोणबाट भारतसँग परामर्श गर्नुपर्ने उहाँको भनाइ थियो । “हामी झगडाको पक्षमा होइन, दुई देशको मित्रताको पक्षमा छौँ”– प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारत सीमानाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan