Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोष बीच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ भदौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कोषका सञ्चयकर्तालाई सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले हस्ताक्षर गर्नुभएको छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई ठूला वित्तीय कारोबार गर्ने सरकारीे संस्थाहरु बीच भएको यस सम्झौताबाट सञ्चयकर्तालाई अझ सिघ्र र प्रभावकारी ढंगबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बताउनु भयो ।

त्यैगरी कोषका प्रशासक तुलसीप्रसाद गौतमलले हाल कोषमा करिब छ लाख सञ्चयकर्ता रहेको र देशकै ठूलो बैंक र ठूलो फण्ड म्यानेजर बीचको यो सम्झौता बित्तीय क्षेत्रको सेवा प्रवाहमा कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

 थप समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस् :-

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोष बीच सम्झौता

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan