Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला प्रिमियर लिग फुटसल शनिबारदेखि शुरु हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, २९ भदौ । महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ ।

दुई महिनासम्म चल्ने उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने लिगका संयोजक निष्ठा थापा श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी कात्तिक १७ गतेसम्म हरेक शनिबार प्रतियोगिताका खेल मण्डिकाटारस्थित ‘एक्सेल रिक्रिएशन फुटसल मैदान’मा सञ्चालन हुने छन् । खेलको नतिजाका आधारमा अङ्क जोडिने र अन्तिममा उपाधिको छिनोफानो हुनेछ ।

महिला सशक्तीकरणका नामक संस्थाको आयोजना तथा यूरोपियन युनियन (इयु)को सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा बार्सा नेपाल, म्यानचेस्टर युनाइटेड फ्यान क्लब, फुटसल एरिना, एनएमबी बैंक, कुमारी फुटसल लगयएतका टोलीको सहभागिता रहनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan