Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चार कार्यकर्तामाथि मुद्दा दर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार | (रासस)
newsabhiyan

लहान, २९ भदौ । सिरहाको लहान नगरपालिका–१३ पक्कीटोलबाट पक्राउ परेका नेकपाका चारजना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

सरकार विरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले गत २३ गते पक्राउ गरेको स्थानीय गोविन्द सदाय, अनिता सदाय, ज्ञानुदेवी सदाय र धनुषाका इन्दल साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका चारै जनामाथि नयाँ फौजदारी ऐनअन्तर्गत सार्वजनिक सुविधा र नैतिकताविरुद्धको कसुर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

गाउँमा जबर्जस्ती सरकार विरोधी पर्चा बाँडिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय लहानको टोलीले सोधखोज गर्दा प्रहरीमाथि नै दुव्र्यबहार गरेपछि चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan