Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सङ्घीयताको मूल मर्म नै प्रतिनिधित्व, पहिचान र पहुँच : मुख्यमन्त्री भट्ट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार | (रासस)
newsabhiyan

कैलाली, २९ भदौ : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीयताको मूल मर्म भनेको नै प्रतिनिधित्व, पहिचान र पहुँच रहेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित थारू कल्याण कारिणीसभा कैलालीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “नेपालको संविधानमा प्रतिनिधित्व, पहिचान र पहुँच मुख्य कुरा रहेको र यसलाई व्यावहारिक रुप दिनका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ ।”

मुख्यमन्त्री भट्टले प्रदेश नं ७ विभिन्न संस्कृति, वेशभूषा, भाषा र जातजातिको साझा फूलबारी रहेको उल्लेख गर्दै सबैको पहिचान र सहअस्तित्वलाई स्वीकार गरी प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

प्रदेश नं ७ का भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले थारु समुदायको सशक्तिकरणका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

थारू कल्याणकारिणीसभाका कार्यवाहक सभापति बाधुराम चौधरीले थारू समुदायका मुद्दा सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न जरुरी रहेको बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan