Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan

काठमाडाँै, २९ भदौ (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि आज अपराह्न बेइजिङ प्रस्थान गर्नुभयो ।

भ्रमणका क्रममा उहाँले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणकै दौरान प्रवक्ता श्रेष्ठले उच्च चिनियाँ राजनीतिक नेतृत्व र चीन सरकारका वरिष्ठमन्त्रीसँग पनि नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने उहाँका स्वकीय सचिव सुशन कर्मचार्यले जानकारी दिनुभयो ।

भ्रमण दलमा १५ जनाको सहभागिता छ । उहाँ आगामी असोज ४ गते स्वदेश फर्कनुहुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan