Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश सरकार मातहत रहने गरी कार्यालय स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार | (रासस)
newsabhiyan

नेपालगञ्ज, २९ भदौ : बाँके र बर्दियालाई कार्य क्षेत्र बनाएर नेपालगञ्जमा कृषि ज्ञानकेन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको छ ।

साविकको बाँके जिल्ला कृषि विकास कार्यालयलाई प्रतिस्थापन गरी कृषि ज्ञानकेन्द्र तथा जिल्ला पशु सेवा कार्यालयलाई प्रतिस्थापन गरी भेटेनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको हो ।

प्रदेश नं ५ सरकार मातहत रहने गरी स्थापना गरिएको उक्त केन्द्रबाट कृषि तथा पशुपालनका लागि आवश्यक प्राविधिक ज्ञान, तालीम र सूचना प्रसार लगायतका सेवा प्रवाह गरिने कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमा १६ जना र भेटेनरी अस्पतालमा १४ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । प्रदेश नं ५ का प्रदेशसभा सदस्य कृष्णा केसी, बाबुराम गौतम र सुरेन्द्र हमालले संयुक्तरुपमा उक्त केन्द्रको उद्घाटन गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan