Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिस मंगोलको ताज ‘जाङमु शेर्पालाई’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३१ आइतबार |
newsabhiyan
newsabhiyan

लाक्पाजी शेर्पा, काठमाडौं । मिस मंगोल नेपाल २०१८ को उपाधी जाङमु शेर्पाले हात पारेकी छिन् । १६ जना प्रतिस्पधीलाई पछि पार्दै शेर्पाले ताज पहिरेकी हुन् । त्यस्तै, प्रथम रनर अप प्रिती गुरुङ र सेकेण्ड रनर अप पुनम शेर्पा छनौट भइन् ।

टप आठमा सोधिएको प्रश्नमा उत्कृष्ट जवाफसहित जाङमुसहित पाँच जना फाइनल राउण्डका लागि छानिएका थिए । त्यस्तै, फाइनल राउण्डमा ‘तपाई व्यवस्थापिक संसदमा बोल्ने अवसर पाउनु भएमा मुलुकको बारेमा के प्रसंग उठाउनु हुन्छ ?

भन्ने निर्णायकले सोधिएको प्रश्नको जवाफमा जाङमुले ‘गुणस्तरीय शिक्षाको माध्यमबाट मुलुकको समृद्धीको क्षेत्रमा अघि बढाउनु पर्ने, युवा स्वरोजगार, बढ्दो भ्रष्टाचार, कुरिती, विकृती हटाउँन मार्ग प्रशस्त गर्दै आर्थिक विकासका लागि राजनीतिक स्थायित्व जरुरी हुने र त्यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै, पर्यटन प्रबद्र्धन, स्वरोजगारीको माध्यमबाट अघि बढाउने, महिला हिंसा र लगायतका अपराधीक घटना नियन्त्रणगर्न अग्रसर हुनुपर्ने’ धारणा राख्ने जवाफ दिइन ।

मिस मंगोलको ताज पहिरिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै शेर्पाले मिस मंगोल हुनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । ‘मैले विभिन्न व्यूटि प्याजेनहरुमा धेरै पटक भाग लिइसकेको छु ।

यस खाले अवसर प्राप्त गर्ने अवसर पाएँ । अब सिंगो आदिवासी मंगोल समुदायका लागि एक विशेष दूतको रुपमा मेरो भूमिका रहने छ ।’ भावि योजना बारे विज्ञासा राख्दै उनले थपिन् ‘मिस मंगोलको ताजसहित सगरमाथा आरोहण गर्ने र मंगोलियन समुदाय र सिंगो राष्ट्रको लागि विश्वमा सन्देश फैलाउन सर्वोच्च शिखरबाट सन्देश फैलाउने छु ।’

त्यस्तै, ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य, सचेतनाको माध्यमबाट भूमिका निर्वाह गर्ने बताउँदै शेर्पाले भनिन् ‘समुदायको हितका लागि धेरै गर्नुछ । अब यस अवसरलाई सदुपयोग गर्दै मेरो क्षमतालाई प्रष्फुटान गर्नेछु ।’

मिस मंगोलका विजेतालाई थाइल्यण्ड टुर, नगद लगायत विभिन्न उपहारहरु प्राप्त गरेका छन् । त्यस्तै, फस्ट र सेकुण्ड रनर अपले पनि थाइल्यण्ड भ्रमणका साथमा आकर्षक गिफ्ट ह्याम्पसरहरु प्राप्त गरेका छन् । एक्सन इन्टरडेटमेन्टले आयोजना गरेको कार्यक्रमको यो दशौं संस्कार हो ।

प्रतियोगितामा मिस मंगोलको उपाधी ताजसहित जाङमुले मिस लिडरसीपको समेत उपाधी हात पारिन् । त्यस्तै, रक्षाथिङ तामाङले वेष्ट फोटो जेनिक, सुमि थापा मगरले वेष्ट प्रसनालिटी, इरोशा थापाले वेष्ट हियरको रुपमा छानिइन भने वेष्ट स्कीन प्रियाङ्क राई, मिस ट्यालेण्ट अस्मिता बज्राचार्य, मिस पब्लिक च्वाईज समिक्षा राईले उपाधी हासिल गरेको आयोजक संस्थाका निर्देशक अशोक राई प्यासीले जानकारी दिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan