Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सौरभको हत्या भएको भन्दै परिवारले यसरी गरे विरोध

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३१ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ भदौ । नेत्र बहादुर कार्कीको घरमा डेरा गरी नोवेल मेडीकल कलेज बिराटनगरमा एमविविएस अन्तिम बर्षको अध्यन सकि फाईनल परीक्षा दिएका सौरभ उप्रेतीको गत साउन १५ गते राती सुतिरहेको अबस्थामा रहस्यमय मृत्यू भएको थियो  ।

फाईनल परीक्षाको दुई वटा प्राक्टिकल परीक्षा मात्र बांकी रहेको सौरभको रहस्यमय मृत्यु भएको भन्दै आज परिवारले माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेका छन् ।

घटना प्रकृती, घटना स्थल प्रकृति र लास प्रकृती हेर्दा कर्तब्य गरी हत्या गरिएको भन्न सक्ने प्रशस्त आधारहरू हुंदा हुंदै पनि प्रहरी अनुसंधान घटनालाई आत्मा हत्या पुष्टी गर्न तर्फ लागेको हो की भन्ने आशंका उत्पन्न हुन थालेको छ ।

घटना घटेको २४ दिन पछि प्रहरी उच्च अधिकारीसंगको भेटमा तपाईहरू मोरङ जानुस प्रहरी प्रतिवेदन बुझ्नुस भन्नु भएको ८ दिन पछी भदौ १७ गते सौरभका परिवार बिराटनगर गयौं तर मोरङ प्रहरीले उनीहरुलाई अझै थप अनुसन्धान गर्दैछौं प्रतिवेदनको लागि अझै केही समय पर्खिनुस भनेर परिवारलाई फर्काइ दिएका थिए  ।

कतै कञ्चनपुर निर्मला हत्याकाण्ड पछीको उत्पन्न असहज परिस्थितिको कारण हाल प्रहरी प्रतिवेदन सार्वजनिक नगरी आत्मा हत्या पुष्टी गर्न खोजिएको प्रतिवेदन सार्वजनिक गर्ने अनुकुल समय पर्खिएको त हैन भन्ने शंका उब्जाएको छ ।

घटनासंग सम्बन्धित प्रायः जसो प्रकृतीले घटना कर्तब्य गरी हत्या गरीएको भन्ने पुष्टी गर्न पर्याप्त देखिन्छ तर घटना सम्बन्धि प्रहरीले गरेको फितलो अनुसन्धान देख्दा घटनालाई आत्मा हत्या पुष्टी गर्नु बाहेक प्रहरीले अर्को तर्फ ध्यान दिएको छैन भन्ने आशंका पनि त्यतिकै उब्जिरहेको छ ।

माननीय सांसद, पत्रकार मित्रहरू, सम्पुर्ण सरोकारवालाहरू एवं आम सचेत नेपाली नागरीक, सौरभको रहस्यमय मृत्यूको घटनाले उब्जाएका अनुत्तरीत प्रश्नहरू ध्यान संग मनन गरौं र आफ्नो ठांउबाट जे जसरी सम्भब छ त्यसै गरी सत्य तथ्य सार्वजनिक गराउनका निम्ति सौरभ उप्रेतीका आमा गोपिनी सापकोटा, बुबा अर्जुन उप्रेती र उनका आफन्त माइतीघर मंडलामा बिरोध प्रदर्शन गर्दै आवाज उठाएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan