Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल प्रहरी आईजीपी खनाल आक्रमक ! आँखामा पट्टि बाँधेका छौं की ? कानमा तेल हालेका छौं ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३१ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाल पछिल्लो समय थप चिन्तित भएकाछन् । सामाजिक अपराध बढेसँगै उनी चिन्तित भएकाहुन् ।

उनले आजमात्रै काठमाडौं महानगरीय प्रहरी प्रमुख बसन्त लामा र अन्य प्रहरी अधिकारीहरुलाई जनताको सुरक्षामा अहोरात्र खटिन निर्देशन दिएकाछन् ।

कंचनपूरको निर्मला पन्त बलत्कार र हत्या काण्ड सेलाउन नपाउँदै शनिवार ९ प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि आईजीपी खनाल आक्रमक भएकाहुन् ।

आईतवार आईजीपी खनालले नेपाल पुलीस क्लवमा महानगरीय प्रहरी अन्र्तगत सबै युनिटका ईन्चाजलाई डाकेर जनताको शान्ती सुरक्षा सामाजिक अपराध र अपराधीका बारेमा हरहमेसा सर्तक रहन निर्देशन दिएकाछन् ।

महानगरीय आयुक्त कार्यालयका कामु प्रमुख डिआइजी मनोज नेउपाने देखी प्रहरी बिटका हबल्दार समेतलाई बोलाएर उनले यस्तो  निर्देशन गरेकाहुन् ।

निर्देशनका क्रममा काठमाडौं महानगरीय प्रहरी प्रमुख लामालाई आफू मातहतलाई राम्रो संग निगरानी नगरेको,कार्यक्षमता प्रस्तुतमा कमी देखिएको भन्दै आईजीपी खनाल आक्रोशित भए समाचार स्रोतले भन्यो ।

आँखामा पट्टि बाँधेर बसेका छौं की ? कानमा तेल हालेर सुतेका छौं ? भन्दै आईजीपी कड्किए पछि सबै मौन जस्तै भएका थिए स्रोतले उल्लेख गरेको छ । 

शनिवार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वर र काँडाघारीका दुई प्रहरी साहयक निरक्षकसहित सात प्रहरी जवानलाई घुस रकम सहित पक्राउ गरेको थियो ।

उता शनिवार ९ प्रहरी पक्राउसँगै आईजीपी खनालले कोटेश्वर काँडाघारीको प्रहरी प्रमुखको समेत हेरफर गरीसकेका छन् ।

गलत आचरण भएकालाई संगठनमा ठाउँ नभएको भन्दै आईजीपी खनालले आचरणमा सुधार नआए बर्खास्तको लागी तयार रहन समेत चेतावनी दिएका थिए । मुलुकमा दैनिक सामाजिक अपराध फस्टाएपछि आईजीपी खनाल निकै चिन्तित भएकाछन् ।

यस्तो 'स्पिड' खोजे आईजीपी खनालले

कर्मचारी हुँदा होस वा कार्यालय प्रमुख हुँदा सर्बेन्द्र खनालको निकै चर्चा हुन्थिो । उनको कार्य सम्पादनको 'स्पिड' कहिल्यै घटेको थिएन र छैन् । अहिले त्यस्तै खोजेकाछन् उनले । 

गुण्डासँग कहिल्यै सम्झौता नगर्ने उनले तत्कालीन युवराज दीपेन्द्र दाहिने हात भनौदो गुण्डालाई पनि कठघरामा उभ्याए । उनले समाजका कुलंघार गुण्डाहरू के को डन हुन् । भनेर आफ्नो भिजन स्पस्ट पारे ।

खटिए काम देखाए । उनले अनुसन्धान गरेको फुटबलको 'म्याच फिक्सिङू' नेपालको कानूनमा नै नभएको बिषय थियो । उनकै कारणले अहिले यो अपराधले फौजदारी अपराध संहितामा स्थान पाएको छ ।

बिध्युत चुहावट गर्ने ब्यक्तिहरूलाई समेत नियन्त्रणमा लिने, पेट्रोल पम्पमा डिभाईस जोडी कम पेट्रोल दिएकालाई कालोबजारी मुद्धा चलाउने र शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का नाममा मानव तस्करी र ठगी धन्दाका अवैध गतिविधि नियन्त्रण गर्ने  प्रहरी अधिकृत सर्वेन्द्र खटिएका थिए । शहरमा उनको काम अनुसारको चर्चा चुलिएको छ ।  

यो पनि पढ्नुहोस् । 

सुरक्षा सम्यन्त्रमा 'अव्वल सर्वेन्द्र'


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan