Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बलिदानीले सङ्घीय गणतन्त्र स्थापना : उपप्रधानमन्त्री यादव

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार | (रासस)
newsabhiyan

राजविराज, २ असोज : उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हजारौँ जनताको बलिदानीले सङ्घीय गणतन्त्र नेपालमा परिर्वतन आएको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा फोरम नेपालले आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उपप्रधानमन्त्री यादवले सङ्घीय गणतन्त्रले नेपालमा परिवर्तन आएको बताउँदै गणतन्त्र मेटाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

गणतन्त्र ल्याउनका लागि मधेश आन्दोलनदेखि विभिन्न आन्दोलन भएपछि मात्र देशमा सङ्घीय गणतन्त्र आएको उहाँले बताउनुभयो । साथै उहाँले नागरिकता ऐन पारित भइसकेको बताउँदै नागरिकताको समस्यासमेत हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तराई मधेश आर्थिकरुपले पछाडि परेकोले यसको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करीब एक हजार कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेको स्थानीय फोरम नेपालका नेता शुभाष यादवले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan