Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चार जिल्लाको सवारी दुर्घटनामा मृत्युको विवरण सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ असोज । दाङ, दोलखा, बाग्लुङ र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

दाङ घोराही उपमहानगरपालिका-३ चौपट्टास्थित लमही-घोराही सडक खण्डमा रा.३ प ४३२ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई सडकदेखि अंदाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक रौतहट दुर्गाभगवती गाउँपालिका-५ बस्ने ३५ वर्षीय सुरेश ठाकुर र भारत उत्तर प्रदेश बिहार बस्ने ३० वर्षीय बब्लु शर्मा घाइते भएकोले उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही पठाइएकोमा उपचारको क्रममा सुरेशको मृत्यु  भएको हो ।

दोलखा गौरीशंखर गाउँपालिका-५ सुरी तिनखुस्थित सडकमा बा.३६ प ३२५१ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याणबिक्रम खड्काको चरिकोट अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

बाग्लुङ, वाग्लुङ नगरपालिका-२ रुद्रे पिपलस्थित सडकमा ग.६ प ६३१ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई सोही ठाउँको घरमा ठोकिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक काठेखोला गाउँपालिका-८ लेखानीका ३२ वर्षीय कृष्ण कडेलको धौलागिरी अंचल अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको छ ।

धादिङ थाक्रे गाउँपालिका-७ दुबे खोलास्थित सडकमा बा.७९ प ७२६५ नम्बरको मोटरसाइकल बुधबार अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार १८ वर्षीय अनिल लामाको मृत्यु भएको छ ।

दुर्घटनामा चालक धुनिबेशी नगरपालिका-८ बस्ने १७ वर्षीय सौगात खड्का तथा मोटरसाइकलमा सवार निज अनिल र १९ वर्षीय सुमन श्रेष्ठ घाइते भएकोले उपचारको लागि स्थानीय शिबदर्शन अस्पताल पठाइएकोमा गम्भीर अवस्थामा रहेका अनिलको ट्रमा सेन्टर काठमाडौं लगि उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan