Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारी अंगरक्षक सहित कालो दिन मनाउँदै प्रदेश मन्त्री,सरकारी कार्यालयमा समेत कालोझण्डा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार |
newsabhiyan
newsabhiyan

राजविराज ,३ असोज । संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको राष्ट्रिय जनता पार्टी नेपालले बुधबार मुलुकका विभिन्न स्थानमा कालो झण्डासहित बृहत प्रदर्शन गरेको छ ।  सप्तरी सदरमुकाममा पनि यस्तै देखियो ।

प्रदर्शनमा राजपाका महासचिव समेत रहेका प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल समेत खटिए । राजविराज आएका मन्त्री सोनल जिल्ला सबन्मय समितिका संयोजक प्रभाकर यादवको सरकारी निवासमा बसेर बिरोधका कार्यक्रम बनाएका थिए । 

प्रदर्शनमा प्रदेशसभा सदस्यद्वय बिदेश्वर यादव बिक्की, नेत्रबिक्रम साह, जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिषकुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसहित जिल्लामा राजपाबाट निर्वाचित जनप्रतिनधीहरु समेत सहभागी भएका थिए ।

कालो झण्डासहित प्रदर्शन सुरु भएपछि मन्त्री सोनल सशस्त्र प्रहरीका आफ्ना दुई अंगरक्षकसहित विरोध जुलुसमा सहभागी थिए ।

 

सरकारी कार्यालयमा समेत कालोझण्डा
राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन् । मधेशी जनतालाई दमन गरी ०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तरगत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan