Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सोमबार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार |
newsabhiyan

इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबार हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक आईएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले जनाएका छन् ।

पुरुषतर्फ ३५ केजीमुनि, ५५ केजीमुनि र ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने महिलामा ४५ केजीमा खेल हुनेछ । त्यस्तै स्कुलतर्फ पुरुष २५ केजीमुनि भिडन्त हुनेछ ।
एकदिने प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने अध्यक्ष लामाले जानकारी दिए । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan