Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानः नवाज शरिफलाई रिहा गर्न अदालतको आदेश

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार |
newsabhiyan
newsabhiyan

पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर भइ जेलसजाय काटिरहेका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न आदेश दिएको छ।

शरिफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतको आदेश आएको हो।

आमनिर्वाचन भएको केही समयपछि अदालतले गत जुलाइमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका शरिफ र उनकी छोरी मरियमविरुद्धको फैसलालाई निलम्बन गरेको छ।

पुनरावलोकनका लागि उनीहरूले दिएको निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो।

अस्वीकार
दुवैजनाले गलत काम गरेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्।

शरिफकी क्यान्सरपीडित श्रीमती कुलसूम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ।

अन्तिम संस्कारमा सहभागी हुन बुवा र छोरीलाई अनुमति दिइएको थियो। तर फेरि उनीहरूलाई जेल पठाइयो।


बुधवार अबेर जमानतमा उनीहरू रिहा हुने अपेक्षा गरिएको छ।

मध्यलण्डनस्थित चारवटा विलासी सम्पत्तिको स्वामित्वसम्बन्धी भ्रष्टाचारको मुद्दामा गत जुलाइमा शरिफ दोषी ठहर भएका थिए। बीबीसीबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan