Monday 18th of February | २०७५ फाल्गुण ६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र ‘डोली’ को “झ्यानाकुटी झ्याई” गीत रिलिज

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । किरण नेपालीको चलचित्र “डोली” को पहिलो गित ‘झ्यानाकुटी झ्याई’ बोलको गीत सार्वजानिक भएको छ ।

लोक प्याटनमा तयार भएको यो गितमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित लगायतका कलाकारहरु फिचरिङ भएका छन् ।

छायांकन सकिएको छोटो समयमा नै दर्शकमाझ पहिलो गीत बजारमा आएको हो । मंसिर २८ गतेलाई रिलिज डेट तोकिएको “डोली” को यो गीत केही समय अगाडी रिलिज गरिने भनिएता पनि निर्माता किरणलाई सोहि समयमा पितृ शोक पछि यो गीतको रिलिज समयम केही दिन लम्बिएको निर्माण टिमले बताएको छ ।

समसामयिक बिषय बस्तुलाई उठाएर निर्माण गरिएको यो चलचित्रमा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ ।

सार्वजानिक गितमा हरि उप्रेतीको शब्द रहेको छ भने संगित तथा स्वरमा सि.डि बिजय अधिकारीको रहेको छ भने मेलिना राईले पनि स्वर दिएकी छिन् । श्री कृष्ण परियारको नृत्य रहेको यो गितले छोटो समयमा नै दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

चलचित्रमा अर्जुन गुरुङ, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी तथा सतिश खत्रिको पनि अभिनय रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan