Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रशिक्षक र खेलाडीलाई पदक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, ४ असोज । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।

सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याउनुभएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सम्मान गर्ने घोषणा गरेको हो । त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाज सेवा रत्न प्रदान गरिनेछ ।

गत महिना इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकूदमा नेपालका लागि एक मात्र रजत पदक विजेता प्याराग्लाइडिङ टोलीलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्ने निर्णय गरेको छ ।

सो पदक पाउनेमा प्याराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, व्यवस्थापक शैलेन्द्र राउतसहित खेलाडीहरु विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् ।

संविधान दिवसको दिन घोषणा गरिएको पदक आगामी गणतन्त्र दिवसमा प्रदान गरिनेछ । संविधान दिवसका अवसरमा सरकारले बर्सेनि विभिन्न व्यक्तित्वलाई पदक प्रदान गर्दै आएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan