Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘फुटसल’ खेल व्यावसायिकरुपमा सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार |
newsabhiyan

धनगढी, ४ असोज : आजदेखि यहाँ व्यावसायिकरुपमा ‘फुटसल’ खेल शुभारम्भ गरिएको छ ।

ल्फ्याट ल्याण्ड रिक्रेस हब प्रालि धनगढीमा आबद्ध युवाको संयुक्त पहलमा व्यावसायिकरुपमा यो खेल शुभारम्भ गरिएको हो ।

यो खेलको व्यवसाय सञ्चालन गर्न धनगढीको वनदेवि रोड छेउमा जग्गा भाडामा लिएर रु ६६ लाखको लागतमा इन्डोरसहितको फुटसल कोर्ट निर्माण गरिएको छ ।

फुटसल खेलको लोकप्रियता बढ्दै गएसँगै स्थानीयको आवश्यकताबमोजिम यो खेलको व्यवसाय शुरु गरिएको सञ्चालक समितिका सल्लाहकार रोशन भट्टले बताउनुभयो ।

फुटबल खेलको सानो रुपका रुपमा रहेको यो खेल मनोरञ्जन प्रदान गर्नुका साथै मानवीय स्वास्थ्यका लागि अति उपयोगी देखिएको जानकारहरु बताउँछन् ।

यसमा पाँच÷पाँच जनाको दुई समूहले आपसमा खेल्ने गर्दछन् । आज पहिलो दिन एओएस बालग्रामका बालकलाई निःशुल्करुपमा फुटसल खेलाएर यो खेलको शुभारम्भ गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan