Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुल्य बृद्धि भएको पेट्रोलियम पदार्थ पाउन राती सम्म लाइनमा बस्दै सर्वसाधारण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । तस्बिर हो कालिमाटी र कलंकी ढुंगे अड्डा स्थित पेट्रोल पम्पको ।  
 
एकाएक पेट्रोलियम पदार्थको अभाव भए पछि सर्वसाधारण बिहिबार राती सम्म लाइनमा बस्दै गरेको दृश्य हो यो । सर्वसाधारणले दशौं नजिकिदै गर्दा पेट्रोलियम पदार्थको तनाव भोग्नु परेको छ ।
 
मुलुकी संहिताको कतिपय प्रावधानले अन्याय पर्ने भन्दै ट्याकंर चालकहरुले आन्दोलित भएकाछन् ।
 
पछिल्लो दुई दिनदेखि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि  अभाव भएको हो । पछिल्लो तीन दिनदेखि ट्याङ्कर चालकहरुले रक्सौल डिपोबाट तेल ढुवानी गरेका छैनन् ।
 
निगमसँग सम्झौता गरेका ट्यांकरका चालकहरुले यसअघि पनि तलब–भत्ता विषयको माग राखेर आपूर्ति ठप्प पारेका थिए ।  
 
तर, असोज २ गतेदेखि आन्दोलित चालकहरुलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले पुनः ढुवानी ठप्प पारेका छन् ।  उता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेसँगै आम नागरिक मर्कामा परेकाछन् ।
 
सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धि गरेको हो ।
 
स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ तथा  डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
 
  यससँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १४ तथा डिजेल र मट्टितेलको १ सय १ कायम भएको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ। 
 

तस्विर: न्यूज अभियान/टुका भण्डारी 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan