Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृषि समिति सभापतिमा सुवेदी निर्विरोध

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार | (रासस)
newsabhiyan
newsabhiyan

काठमाडौँ, ५ असोज । प्रतिनिधसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिमा पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७३ को उपनियम (२) बमोजिम सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव प्राप्त भएकाले उहाँ सोही नियमको उपनियम (४) बमोजम सर्वसम्मतिले निर्वाचित हुनुभएको हो ।

यसअघि समितिका ज्येष्ठ सदस्य चन्द्रकान्त चौधरीको सभापतित्वमा आज सिहंदरबारमा बसेको बैठकमा समितिका सदस्य शान्ता चौधरीले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने अर्का सदस्य घनश्याम खतिवडाले समर्थन गर्नुभएको थियो ।

आजै पूर्वउपसभामुख सुवेदीले सभामुख कृष्णबहादुर महरासमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो । नवनिर्वाचित सभापति यसअघि पहिलो संविधानसभाका उपाध्यक्ष हुनुहुन्थ्यो । विसं २०६४ मा बाँके ४ बाट निर्वाचित उहाँ अहिले प्रतिनिधिसभा सदस्य (समानुपातिक) हुनुहुन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan