Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वी चीनमा मृत्युदण्ड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार | (रासस/सिन्ह्वा)
newsabhiyan

हान्झाउ, ५ असोज । सन् २०१७ मा घरमा आगजनी गरी परिवारका चार सदस्यको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएकी मो हुआनजिङ नामकी पारिवारिक सुसारेलाई झेजियाङ प्रान्तमा शुक्रबार मृत्युदण्ड दिइएको छ ।

सुसारेलाई दिइएको मृत्युदण्डका बारेमा चीनको सर्वोच्च पिपुल्स अदालतले पुनरावलोकन समेत गरेको स्थानीय अदालतले जनाएको छ ।

मृत्युदण्ड दिनुअघि मो का परिवारका सदस्यहरुलाई भेटघाटको अवसर दिइएको थियो । अदालतको आदेशमा भनिएको छ, “सुसारेको नियत विभत्स, अति विद्वेशपूर्ण र खतरनाक देखियो । अपराधको दुस्परिणाम गम्भीर मात्र होइन सार्वजनिक सुरक्षाका लागि समेत नोक्सानदेही पाइयो ।”

पक्राउ परेलगत्तै मो ले आगजनी गरेको स्वीकार गरेपनि अपराधको प्रकृति र क्रुरताले उनलाई उन्मूक्ति दिने सम्भावना कमै थियो, अदालतको भनाइ छ । “प्रमाणहरु यथार्थपरक र पर्याप्त थिए, र सजाय उपयुक्त रहेको अदालतको ठम्याइ छ ।”

जुवातास खेल्ने कुलतमा फसेकी मो ले अन्ततः घरयासी काम गर्न थालेको बताइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan